Photo by: Daniel Frese from Pexels बादलभित्र कतै, तिमी सधै हिड्ने आकाशमा थाहा छैन कुन संयोगले देखेथेँ तिमीलाई । लागेथ्यो बादल माथि परीनै बस्छन् अन्जान अन्जानमै जादूटोना गर्छन ।। तिमीले खैकिन मैमाथि जादू गर्यौ होसहवास तिम्रो काबु गर्यौ । मेरो चेतनालाई मैबाट चोरेर मन पनि तिम्रै नाम गर्यौ ।। आँखा पनि तिम्रै नाम गरेर जब यात्राभर तिमीलाई हेरेँ । कपासे बादलमा सबैे शान्ति खोज्थे मैले त्यो, तिम्रो आँखामा भेटेँ ।। थाहा छ, चाल त पाकी हौ तिमीलाई कसैले हेर्दैछ भनी , तिम्रै बारेमा कोही सोच्दैछ भनी, एउटा केटो मायामा फस्दैछ भनी ।। तर चाल पायौ पाएनौ मैले हाम्रा लागि देखेको सपना अझै, तिमी सधै हिड्ने आकाशमा तिमीलाईनै खोजिरहेका छन् ।। अनि धर्तीमा फर्की, म कल्पी रहेछु पुरा नहुने एउटा सपना देखिरहेछु हाम्रा सपना आकाशमा भेटेर ल्याउँछाै भनी हरपल तिमीलाईनै सम्झिरहेछु ।। - बिजय लुईटेल
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.