मन नलागेका कुरामा चाहिँ म अल्छी को पोको हुँ । २०१८ मा ब्याचलर्स सके लगतै मैले मास्टर्स इन रुरल डेभलप्मेन्ट सुरु गरेँ । ग्याप किन राख्नु एकै पल्ट सक्दि हाल्छु पढाइ सोचेको थिएँ । बीचमा कोभिडको महामारी आयो र केहि समयलाई पढाइ रोकिन पुग्यो । तर जे होस् जसो होस् पढाइ सकेँ । तर थेसिस थाल्न भने मलाई आज सम्म लाग्यो । मिति २०२३ जनवरी १८ । थेसिस थाल्न समय थिएन सोच्दै थिएँ । तर रहेछ । सामाजिक सञ्जाल दिने दिनको ४ घण्टा समयमा त निक्कै पो लेखिने रहेछ भन्ने आभाष भएको छ । हिजो दिनभरमा मैले Osho को The Silent Explosion ६० पेज पढेर भ्याएछु । महोमद रफीमा ३ ४ वटा भयंकर प्यारा गीत गुनगुनाएछु अनि थेसिसमा के लेख्ने भनेर त्यसको प्लान पनि बनाएछु । म पछिल्लो पल्ट यति जाँगरिलो भएको कहिले थियो मैले सोच्नै पर्छ । सबै मानिससँग एक दिनमा २४ घण्टानै समय हुन्छ । कसैले त्यती समयमा धेरै भन्दा धेरै काम गरेर देखाउँन् भने कोहि समय नपुगेको गुनासो गर्दै रुमल्ली रहन्छन् । म एकाध दिन अघि दोस्रो श्रेणीमा पर्दथेँ अहिले प्रथम श्रेणी तर्फ उन्मुख छु । म सँग अहिले प्रशस्त समय छ । समयको धन छ ।हिजो जुगनी फिल्मको गीत डुग डुगी डुग सुने
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.