आँखा आफ्ना लिएर गएछ कवि जसले जीवनलाई जीवन्त देख्दथे मनहरुको नेतृत्व गर्ने मन पनि साथै लगेछ लगेछ सुख दु:ख दुवैका आवाज शब्दहरुको सार आफैसँग लगेछ तर केेही शब्द छुटेछन् जिउँदै गर्दा उस्का खल्तीबाट केही अर्थ छुटेछन् सिक्दै गर्दा उसका चेतनाबाट मेटाउँदै गर्दा पनि उसलाई जीवलले आज , आफैमा उसको चित्र कोरेछ - विजय लुइटेल
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.