Photo by Andre Furtado from Pexels सम्झना पानीको छालझै पछि छुट्दैछ यात्रा गरिरहेछ जीवन । हातमा , समयको , एउटा सानो बहना छ जो नथाकी चलिहरेछ.. कति सम्झना बगाइहरेछ कति सपना बोलाइरहेछ यात्रा , हिसाबबिहिन तैरिरहेछ । तर जीवन , जो आँफै एउटा उपहार छ उसैले यी सबको हिसाब मागिरहेछ त्यसैले त बतासमा अदृश्य एउटा प्रश्न छ जो हरपल सोधिरहन्छ उपहारको हिसाव पनि कोही राख्न सक्छ र ? - बिजय लुईटेल
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.