Skip to main content

Posts

फेसबुक

छिर्छ कोही एउटा साघुरो कोठा. तस्बिरहरुको भिड भित्र. मुस्कानहरुको कथा बीच , कसैको कथा छुनलाई कसैको कथा हुनलाई ।। आँखा सबै हेर्दछन् उसलाई प्यासी मौनता साथ, या ऊ हेर्दछ तिनलाई माया अगाध लिनलाई ।। काला अक्षर बताउँछन् कथा. दमित यथार्थका गाथा. दुःखी घमन्डका साथ. फैलाई आफ्ना हात ।। आंशिक जीवनको सँगालो उसको पुर्ण जीवन तान्छ. अदृश्य जाल हान्छ.  समयको सितन खान्छ ।। अक्षरबीच संवाद बोल्छन् प्रेमका खण्ड बोकी, माया बनेर किस्ताबन्दी आउँछ मुटु छुनलाई गुटुमुटु हुनलाई ।। अक्षरमै अभ्यस्त जीवन बोकी अक्षर औलामा, भावनालाई पछि छोडी  अक्षरहरुमै बाँच्दछ यथार्थलाई पर सार्दछ ।। देखेर पनि नदेखेको, छोएर पनि नछोएको,  बुझेर पनि नबुझेको, झुठा जीवनका चित्रलाई मगज यर्थार्थ मान्दछ, तर के उसले जान्दछ ?  जस्ले...  नभएको संसार हराउँदा आँसुको भल बगाउँछ  उसैको छेउको सिरानीमा हर रात सुत्ने बेला भएन... ? भन्दै  एउटा जिउँदो यथार्थ चल्मलाउँछ ।। - बिजय लुईटेल

म त्यस्तो केटी हैन ।

Photo by : Andrea Piacquadio from Pexels रात, समयको साच्चै अनौठो प्रहर हो । धेरै थोक लिएर आउँछ रातले , कोही बेला चाहना लिएर आउँछ , कोही बेला सपना, कोही बेला सम्झना , कोही बेला एक्लोपन अनि कोही बेला शुन्यता पनि । मेरो लागि भनेर रात आजसम्म कहिल्यै एक्लै आएको छैन , केही न केही उसको साथ जरूर हुन्छ । दिनभर साथीभाइसँग घुमेर फर्कदा रात एक्लोपनको यर्थााथ लिएर पर्खीरहन्छ , दिनभर एक्लै बसेको दिन रातले साथीभाइको सम्झना लिएर आउँछ । रात एक हिसाबले मेरो पर्सनल असिस्टेन्ट जस्तो छ जसले दिनमा मैले बिर्सीएका कुरा मलाई बिस्तारमा, बिस्तरामा बताउँछ । एक रात त रातले अचम्मै गर्यो , सधै निर्जीव भावना र सम्झना मात्र बोक्ने रात एउटा सजिव आकृति बोकेर मेरो सामु उभियो ।   जुनेली रात थियो , आधा जुनको । म जुनलाई हेरिरहेको थिएँ , जुन एउटा डाँडाभन्दा थोरै माथि आकाशमा झुन्डिएर मलाई हेरिरहेको थियो । त्यो डाँडाको ठ्याक्कै तलबाट एउटा खोलो बगिरहेको थियो , सुनकोसी खोलो , म सुकुटे विच रिसोर्टमा थिएँ । अनि म त्यही खोलोको किनारमा एउटा विच चेयरमा ढल्केर बियर पिउँदै थिएँ , टुबोर्ग बियर । छेउमा देब्रेपट्टि, एउटा मेरो ज

कोरोना र फुर्सद

Photo by:  Miguel Á. Padriñán from Pexels अचेल आँफैलाई सोधिरहेको छु , यो भन्दा पहिले मलाई यस्तो फुर्सद कहिले भएको थियो ? धेरै बेर सम्झेपछि एस..एल.सी परिक्षा सकेर घर बसेको समय आयो दिमागमा । घर बस्थे फिल्म हेर्थे , भन्ने नै हो भने केही नगरी दिन बित्थ्यो, एकदमै फुर्सदिलो थिएँ त्यसबेला । अहिले पनि छु, तर त्यसबेलाको भन्दा केही भिन्न छ यो फुर्सद । म मात्र हैन यो समय सबै फुर्सदिलै छन् । कोरोना भाइरसले एउटा ब्यस्तता मुक्ती आन्दोलन थालेको छ अनि सबैलाई फुर्सदिलो बनाएको छ । अखबार, फेसबुक अनि टिभीले हरेकपल कोरोनाका कारणले ज्यान गुमाउँनेको संख्या बताइरहेका छन्, संसार भयभीत छ  । नेपाल सरकारले पनि सबैलाई सचेत रहन आग्रह गरिरहेको छ, भीडभाडमा नजानु घरभित्रै बस्नु भनिरहेको छ । त्यस आग्रहकै पालना गरेर आफ्नो र अरूकसैको ज्यान जोगाउँन सक्छु कि भन्दै ओछ्यानमा पल्टेर अमृता प्रितमको रसीदी टिकट पढिरहेको थिएँ । किताब एकदमै रोचक र मर्मस्पशी भएकाले  बिहानै देखि नबिसाई पढिरहेको थिएँ । सायद धेरैबेर पढेर एकोहोरो भएको थिएँ, या पढ्दा पढ्दै कतै हराएको थिएँ ।  एकाएक झ्यालबाट आएको चिसो बतासले किताबको पाना पल्टाइ

उनी जस्तै कोही !

Photo by: Noelle Otto/ Pexels गाडीको झ्यालमा उनी जस्तै देखेँ, धेरै बेर हेरिरहेँ। फेरी हैन जस्तो लाग्यो तैपनि हेरिरहेँ । निदाइरहेकी थिइ बोलाइदिउँझै लाग्यो, उठाइदिउँझै लाग्यो, उठाएर भनिदिउँझै लाग्यो तिमी त मेरी उनी जस्तै जो जस्तो, मात्र उनै छिन् । दाँज्न मन लागिहाल्यो फरक के रहेछ भनी । मनले तर, मान्दै मानेन, एकटक लगाएर हेरिरहेँ, मस्त निदाइरहेकी केटी । कता कता यसै लागिरह्यो, ब्युझने पो उनी हुन कि भनी।। - बिजय लुईटेल

बिचरा सम्झनाहरू

Photo: Pixabay बिचरा !! सम्झनाहरूको सम्झना आउँछ केही समय अघि जो टुहुरा बने सायद अहिले मन खोज्दै छटपटाइरहेछन् । तर मन कहाँ छ ? मन मान्छे भएको भए प्रहरीले समाउथे, म पनि हुलिया यस्तो भनि तिनलाइ बताउथेँ, भेटेपछि रमाउथेँ , टुहुराको सम्झना गराउथेँ एउटा परिवार टुट्नबाट बच्थ्यो । मनले सम्झना बिर्सेछ , पापी अभिभावक बनेछ सम्झनाले मन सम्झेर, असल टुहुरो बनेछ अब खोजोस पो कता , त्यसलाई नहराएर भागेको जो छ । छोडिएकै ठाँउमै जडवत छन् सम्झना मानौ कुनै मुर्ती सजिएको छ पार्कमा खोजिरहेछन् एकटक लगाई हराएकालाई आँफै हराएँझै गर्दै । भागेको मनलाई पनि आराम कहाँ छ र , ऊ पनि नजर बचाउँदै, लुकिछिपी हिँडीरहेछ  फर्किएको छैन, सम्झना छाडेको गल्लीहरू सचेत भएको छ , हरपल सर्तक छ डरले उसको आत्मा काँपीरहेछ । नयाँ शहरमै पनि बाउ खोज्दै , नाम पुकार्दै कोही आइदेला भन्दै, मर्दै बाँचिरहेछ ।।                                           - बिजय लुईटेल

चप्पलको आत्महत्या !

Photo by: Pixabay  सपना देखेको थिएँ वा यर्थाथनै थियो, यसै भन्न सक्दिन । हिजो रातीको कुरा हो, आँखा खोलेरै देखेको जस्तो लाग्छ , सपनानै पो थियो कि जस्तो पनि लाग्छ, ब्युझेको थिएँ जस्तो पनि लाग्छ, निदाइरहेकै थिएँ जस्तो पनि लाग्छ ।  हिजै  राति त हो मैले त्यो रातो चप्पललाई झुल झुन्डाउने हुकमा डोरीको पासो लाएर झुन्डेको देखेको । सपनानै हो जस्तो लाग्छ, तर फेरी सोच्छु सायद ब्युझेकै थिएँ तैपनि जाबो एउटा चप्पलको जोडी न हो भनेर फेरी सुतेँ कि ? यदि मान्छे झुन्डेको देखेको भए झस्केर उठ्ने थिएँ होला अनि थाहा हुने थियो सपना हो कि विपना भनेर। अनि चप्प ल लाई त्यस्तो  सारो  मत्लब कस्ले पो गर्छ र, न चप्पल कराउँछ न त रून्छनै  ।   त्यही  माथि  म चप्पलको सौख राख्ने मान्छे पनि परिन ।  जहाँ सम्म मलाई याद छ एकपल्ट म सँग स्बाट्ट खुट्टा छिराउँने एउटा चप्प्ल थियो कालो रङ्गको हात्तीछाप । त्यो चप्प्ल खुकुलो भएकाले फुटबल खेल्न गाह्रो थियो । सोच्थेँ कहिले यो चप्पल चुँडिएला र बाबालाई अर्कौ चप्पल किन्न लगाउँ भनेर । यो लगभग म पाँच छ कक्षा पढ्दाको कुरा हो , अहिले त म जस्को , जस्तै चप्पल भेट्यो त्यही लगाएर हिँडि

कुहिरो कहिले हट्यो ?

Photo by : Karol Wiśniewski from Pexels हुन्न हुन्न एकछिन रोकिनुहोस । यो तपाई के गर्दै हुनुहुन्छ ? यसरी अर्काको कोठामा राती राती चियाउँनु राम्रो हो ? के तपाईको संस्कार यही हो ? हो मैले तपाईहरूलाईनै भनेको,जो यो कथा पढ्दै हुनुहुन्छ । म अब यहाँ एउटा केटाको कोठाको झ्यालबाट भित्र चियाउँदै छु । तपाईहरूलाई यदि यो गलत लाग्छ भने अहिल्यै पढ्न छोड्नुहोस् नत्र भए ढिलाई नगरीकन मसँगै चियाउनुहोस् ।  अलिक बचेर हेरौ है, उसले यसरी कसैले उसको कोठामा चियाएको थाहा पायो भने बबाल हुन्छ फेरी । हामीले अहिले चियाउँन लागेको कोठा बसन्तको हो,बसन्त प्रहरीको हलदार हो । अझै पनि चियाउँनु हुन्छ यो कोठामा ? अब प्रहरी भनेर डराएर चियाउन छोड्ने बाहेक अरू म सँग चियाउँनु होला । कोठा अन्धकार छ , पूर्णीमा भएकाले बाहिर मज्जाले जून लागेको छ, । उसको कोठाको पूर्व फर्केको झ्यालको पर्दा खुल्लै छ ,  प्रायजसो पूर्णीमाको रात ऊ झ्यालको पर्दा खोलेरै सुत्ने गर्छ । थाहा छैन किन यसो गर्छ, सायद उसलाई जूनको उज्यालो मन पर्छ । पुषको महिना छ त्यसैले थर्मोकोट र सुरूवाल लगाएर सुतेको होला । यो कथालाई एटीन प्लस सम्झेर यहाँ सम्म आउनु भए