Photo by: Bruno Abdiel from Pexels घना जङ्गल छ, अनि सुनसान पनि छ । हराएको छ एउटा मान्छे यही जङ्गलमा । ठूला ठूला रूख छन् , चराको चिरबिर छ , पातको सुस्केरा पनि छ । किन हराएँ त म भनि सोचिरहेछ त्यो मान्छे यो अत्यासलाग्दो स्थीतीमा । घामको प्रकाश पनि छ जो उसलाई भन्दैछ तँ यही पृथ्वीमा छस् अनि जङ्गलमा छरिएको छ घामको किरण, डालाबाट भुईमा छरिएका मकैका गेडा जस्तै । रूखहरूमा मिठा फल फलेका छन् । जङ्गल बीच एउटा ठूलो खोला छ , कलकल बगरिहेकोछ । खोला माथि एउटा राम्रो, काठको पुल छ जस्को एउटा अन्त्यमा त्यो मान्छे छ । अगाडि हेरिरहेको छ आफुले पार गरेको दुरीलाई । सोच्दैछ अब फेरी त्यतै फर्कनु उचीत हुँदैन । अब त मैले बिगतको यात्रा गर्नु अर्थहिन हुनेछ । सोच्दैछ सायद मैले पार गरेको त्यो दुरी नाप्न सक्थे त भविस्यमा मलाई मेरो यात्रा सम्झने खुराक हुनेथियो । त्यसैबखत जङ्गलका हरेक कुनाबाट कसैले उसको नाम बोलाउँछन्, एउटा ठूलो भिडको गाइगुइ जस्तो आवाजले त्यो शुन्यतालाई चिर्थौछ । यो जङ्गल जस्मा त्यो मान्छे हराएको छ त्यो सामान्य जङ्गल हैन , उसको आफ्नौ मनको जङ्गल हो , उसको भावनाहरूको जङ्गल हो , उसको काल्पनीक जङ्गल
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.