Skip to main content

Posts

दशैं

Photo: Bhuwan Maharjan on Flickr बतासमा अचानक आज फुल फुलेछ हतारिएर जीवनको कान खोजेछु सुन्दर छ फुल , ताजा छ फुल अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । बिउ कसले रोप्यो ? गोड्यो कसले ? मलजल कसले गर्यो ? सजायो कसले ? थाहैनदिइ फुलेको जो फुल छ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । सुन साथी, हेर साथी, माथी गगनमा तिमीलाइ म फुल देखाउँछु , ध्यानले हेर अचम्मै, रहरलाग्दो फुलेछ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । जसले देख्यो त्यसको हुने हैन हेर यो हाम्रो साझा हो हाम्रा पुर्खाको आशिष छ त्यहाँ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । पुर्खाले टिपे, बाउले टिपे, तिमी टिप सिउँरिदेउ अब त कानमा अक्षताको रातो रङ्ग छ त्यहाँ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । बिर्सीएको सम्झ, सम्झिएको बिर्स रहरको शीतले भिजाउँ सुर्यसँगै उदाएको जो फुल छ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । तिमी थियौ, म थिएँ, यसैलाई पर्खिएको अब त पर्खाइ, खुसी छ मामाको कोसेलीझै नबिर्सी फुलेछ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । हतार गर, हतार गर्छु , नओइलाई टि

मेरो कोठामा एउटा गितार छ ।

Photo by: CloudyPixel on Unsplash मेरो कोठामा एउटा गितार छ जो केही साल यता बिमार छ । दुर्भाग्य, ऊ त्यसै सुस्ताइरहेछ धुलोले छोपिएर निस्ताइरहेछ । रूपमा उसका, सम्झना टाँसिएका छन् म सँग कहीकतै गाँसिएका । देख्छु उसले एक्लोपन भोगेको छुवाइ बिना आँफै बज्न खोजेको । मनमा उसका असङख्य धुन छन् लाग्छ अचेल ति मनैमन रून्छन् । थोरै फरक आजको रात छ खोजेको उसले केबल हात छ । त्यही कोठामा एकजोर हात छ जो किताब कापीको साथ छ । कलम छ त्यहाँ पानामा छुवाएको आफैले आफैलाई अक्षरमा रूवाएको । औला हातका, थर्रथरी काँपीरहेका भावनाका लम्वाई अक्षरमा नाँपीरहेका । रातको साच्चै अनौठो पहर छ शुन्यतालाई संगीत सुन्ने रहर छ । गितारले हात खोजेको छ हातले साथ खोजेको छ त्यसैले धुनबिहिन जीवनले गितारलाई मित रोजेको छ ।। - बिजय लुईटेल

झोलुङ्गे पुलमा तिमी र म

Photo by: Lukas Becker on Unsplash फेरी एकपल्ट तिम्रो समीप बसेर तिम्रा आँखा नियाल्न मन छ, फेरी तिम्रो मुस्कानमा फुलिरहेको सुन्दरता हेर्न मन छ, फेरी एक पल्ट माया गाँस्न मन छ, सपना साट्न मन छ, फेरी एकपल्ट आँफैले आफुलाई बिर्सन मन छ । तर बिडम्बना आफैलाई बिर्सन तिमीले मलाई सम्झन जरुरी छ । बतासमा तिमी यसै बिलाएकी भए या एकाएक कतै हराएकी भए म सम्झनाहरूसँग समय बिताउन बाध्य हुन्थेँ । तर लाग्छ यतै कतै छौ तिमी , तिमीले मबाट बनाएको दुरी भन्दा नजिक, मेरै छेउछाउ । आमा आउने आसमा गुँडमा बसेको बचेरा जस्तो छ माया । म तिमीलाइ पर्खीरहेको छु प्रेमको आहारा लिएर आउँनेछौ भनी ।  कोही बेला अचम्ममा पर्छु,  तिम्रो सम्झनाले मेरो कल्पना बिथोलेको देखेर । जब जब तिम्रो बारेमा सोच्छु म हामीलाई एकदमै ठूला, दुई पहाडबिच कुनै झोलुङ्गे पुलमा पाउँछु । तिमी पुलको बीच सम्म पुगिसकेकी हुन्छौ, म वल्लो कुनामा उँभीएर तिमीलाई हेरीरहेको हुन्छु । ठूलो स्वरमा कराइरहेको हुन्छु पर्ख म पनि सँगै आउँछु भन्दै, मेरो बोलीको प्रतिध्वनि पहाडमा ठोक्कीएर फेरी मेरै कानमा ठोक्कीरहेको हुन्छ । त्यत्रो ठूलो आवाज पनि तिमी सुनिरहेकी हुन्नौ । पुल

मुराकामी ( Murakami ) , म अनि ढुकुर

के पढ्दैछौ भनेर उसले सोधेको थियो जब म एकाबिहानै छतमा बसेर हारूकी मुराकामी को What I Talk About When I talk About Running पढ्दै थिएँ । अनि मैले हातमा बोकिरहेको किताब उल्टो बनाएर त्यसको बाहिरी पाना उसलाई देखाएको थिएँ । उसले फेरी सोधेको थियो के रहेछ त किताबमा ?  त्यही बेला, भर्खरै हाइलाइटरले अन्डरलाइन गरेको बाक्य उसलाइ सुनाएको थिएँ । " I'am the kind of person who likes to be by himself . To put a finer point on it, I'am the type of person who doesn't find it painful to be alone."अनि उसले अलि असहज मान्दै भनेको थियो मैले तिमीलाई अल्मलाएको त छैन ? मैले भनेको थिएँ, एक्लै हुँदा रमाउँछु पो भनेको त साथ दिँदा रिसाउँछु भनेको हो र ? ऊ केही बेर टोलाएको थियो मलाई हेर्दै । केही बेर नबोली जिउ कन्याउँदै बसेको थियो ऊ त्यसैले आँफै प्रश्न सोध्न बाध्य भएर सोधेको थिएँ, कहाँ बाट आयौ ?  बदलामा उसले अचम्मको जवाफ दिएको थियो , म बिगत बाट आएको र म त्यसको कुरा गर्न चाहन्न । त्यसो भए जानचै कहाँ लागेको हौ ? मैले उत्सुक्ताका साथ सोधेको थिएँ , थाहा छैन कहाँ जान लागेको हुँ, भविष्य कसलाई

एयर होस्टेस

Photo by: Daniel Frese from Pexels बादलभित्र कतै, तिमी सधै हिड्ने आकाशमा थाहा छैन कुन संयोगले देखेथेँ तिमीलाई । लागेथ्यो बादल माथि परीनै बस्छन् अन्जान अन्जानमै जादूटोना गर्छन ।। तिमीले खैकिन मैमाथि जादू गर्यौ  होसहवास तिम्रो काबु गर्यौ । मेरो चेतनालाई मैबाट चोरेर मन पनि तिम्रै नाम गर्यौ ।। आँखा पनि तिम्रै नाम गरेर  जब यात्राभर तिमीलाई हेरेँ । कपासे बादलमा सबैे शान्ति खोज्थे मैले त्यो, तिम्रो आँखामा भेटेँ ।। थाहा छ, चाल त पाकी हौ तिमीलाई कसैले हेर्दैछ भनी , तिम्रै बारेमा कोही सोच्दैछ भनी, एउटा केटो मायामा फस्दैछ भनी ।। तर चाल पायौ पाएनौ  मैले हाम्रा लागि देखेको सपना अझै, तिमी सधै हिड्ने आकाशमा तिमीलाईनै खोजिरहेका छन् ।। अनि धर्तीमा फर्की,  म कल्पी रहेछु पुरा नहुने एउटा सपना देखिरहेछु हाम्रा सपना  आकाशमा भेटेर ल्याउँछाै भनी हरपल तिमीलाईनै सम्झिरहेछु ।। - बिजय लुईटेल

सुरेन्द्र खरीदार भयो

सूर्य अस्ताउने बेला भएको थियो, आकाशमा हल्का रातो रङ्ग छरिएको थियो । घर बस्दा बस्दा वाक्क लागेर यसो बेलुकाको हावा खान निस्केको थिएँ । म अर्थात सुरेन्द्र निरौला , यहाँ सानोठिमी ब्यारेक छेउमा डेरा बस्छु । घरचाँही बिर्तामोड हो । बी बी ए सकेर काठमान्डौँमा जागिर खोजिरहेको छु । मेरो बारेमा अहिलेलाई यती जाने पुग्छ जान्नु पर्ने कुरा म बिस्तारै सुनाउँदै जानेछु , ध्यान दिएर सुन्नुहोला । अँ वाक्क लागेर निस्किएको थिएँ हावा खानलाई । ब्यारेकको कम्पाउन्ड हुँदै एउटा बाटो क्यानको अफिस सम्म जान्छ , त्यो बाटो हिड्दा देब्रे तिर पात बजाइरहेका रूख देखिन्छन् अनि दाइने तिर मध्यपुरको खेल मैदान देखिन्छ । साँच्चै कुनै फिल्ममा कैद गर्ने दृश्य जस्तो देखिन्छ ब्यारेक हरेक साँझ । त्यो साझ पनि केही फरक थिएन । बिस्तारै शितल हावा खादै हिडिरहेको थिएँ, मन बिसन्चो मानिरहेको थियो , घरबाट टाढा बसेको बेला मन बिसन्चो भइदियो भने , जीवननै अमिलो लाग्दो रहेछ । मलाई त्यस्तै भइरहेको थियो , बेचैन मन लिएर सिभिल एभिएसनको अफिस अगाडिको चौतारी पुगेको थिएँ । पिपलको पात बजेको आवाजले मलाई सधै शान्ति मिल्थ्यो । चौतारी पुग्दा दुईटा दस एघा

लेखक

लेखक शब्द खोजीरहेछ  शब्द अर्थ खोजीरहेछ, यस्तै खोजको चक्करमा  जीवनको भोग चढिरहेछ ।  लेख्ने कहिले भएछु भन्दै लेखक मन कोट्याइरहेछ, कोट्याउँदा चस्कने मननै कलमको मसी बनिरहेछ । आँखा चिम्लन्छ अक्षर नाँच्छ आँखा खोल्छ अक्षरै नाँच्छ,  सही बाटोनै हिड्दैछु भनी लेखक मनैमन रोदीघर धाइरहेछ । कागजका टुक्रामा अक्षर कुँद्दै लेखक कल्पनामा उडीरहेछ, म पनि सँगै उड्दैछु भनी लेखक निर्जीव लट्टाइ बनिरहेछ । खोज्दा खोज्दै शब्दमाला  खटपटीमा यसै उँगिरहेछ, होसैमा त छु नि भन्दै लेखक पलपल बेहोस भइरहेछ । लेखक सम्झिरहेछ, लेखक कल्पिरहेछ हरेक पल, हरेक काल तड्पिरहेछ, संसार घुम्छ मेरो कल्पना भनी एउटा नाथे कागजमा अल्झिरहेछ । - बिजय लुईटेल