Photo by: Lukas Becker on Unsplash फेरी एकपल्ट तिम्रो समीप बसेर तिम्रा आँखा नियाल्न मन छ, फेरी तिम्रो मुस्कानमा फुलिरहेको सुन्दरता हेर्न मन छ, फेरी एक पल्ट माया गाँस्न मन छ, सपना साट्न मन छ, फेरी एकपल्ट आँफैले आफुलाई बिर्सन मन छ । तर बिडम्बना आफैलाई बिर्सन तिमीले मलाई सम्झन जरुरी छ । बतासमा तिमी यसै बिलाएकी भए या एकाएक कतै हराएकी भए म सम्झनाहरूसँग समय बिताउन बाध्य हुन्थेँ । तर लाग्छ यतै कतै छौ तिमी , तिमीले मबाट बनाएको दुरी भन्दा नजिक, मेरै छेउछाउ । आमा आउने आसमा गुँडमा बसेको बचेरा जस्तो छ माया । म तिमीलाइ पर्खीरहेको छु प्रेमको आहारा लिएर आउँनेछौ भनी । कोही बेला अचम्ममा पर्छु, तिम्रो सम्झनाले मेरो कल्पना बिथोलेको देखेर । जब जब तिम्रो बारेमा सोच्छु म हामीलाई एकदमै ठूला, दुई पहाडबिच कुनै झोलुङ्गे पुलमा पाउँछु । तिमी पुलको बीच सम्म पुगिसकेकी हुन्छौ, म वल्लो कुनामा उँभीएर तिमीलाई हेरीरहेको हुन्छु । ठूलो स्वरमा कराइरहेको हुन्छु पर्ख म पनि सँगै आउँछु भन्दै, मेरो बोलीको प्रतिध्वनि पहाडमा ठोक्कीएर फेरी मेरै कानमा ठोक्कीरहेको हुन्छ । त्यत्रो ठूलो आवाज पनि तिमी सुनिरहेकी हुन्नौ । पुल
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.