बोसन डाँडा, जुनेली रात छ , निभ्न लागेको आगोमा अलि अलि रातोपना बाँकीनै छ, एकछिन अगाडि पोलेको मासुको बास्ना थोरै चाल पाउदै छ नाकले , छेउको पोलबत्ती धीप धीप गर्दैै आफ्नो धर्म निभाउदैछ , तल गहिरोमा बलेको बत्तीले टौदह त्यहाँ छ भन्ने जनाउ दिदैछ , चिसो हावा चलीरहेको छ , म एउटा मेचमा बसेर हेर्दैछु अन्धकार तिर, हातमा एउटा गिलास छ मदिराको, काखमा एउटा खाली डायरी छ अनि ज्याकेटको गोजीमा एउटा कालो पाइलट पेन अनि क्वाटर मदिराको सिसि । साथीहरु कोठामा गइसकेका छन्, किरा कराएको पनि स्प्रष्ट सुनिने सन्नाटा छ, । मलाई कुनै अपरिचित आवाज दिन्छ , के हो साथीको ब्रेकअप भयो कि के हो ? एक्लै बसेको छौ त रमाइलो गर्न आएको मान्छे । मैले केही बोल्न नपाउदै ऊ मेरो छेउमा आएर बस्छ अनि मलाई फेरी सोध्छ साथी सँग लाइटर होला ? बोल्नै कर लागेपछि मैले भने म चुरोट पिउँदिन । ऊ उठेर आगो छेउ जान्छ, एउटा निभ्न लागेको दाउरामा चुरोट सल्काउँछ अनि मेरै छेउ आएर बस्छ, उसको हातमा पनि म एक गिलास मदिरा देख्छु । साथीलाई डिसटर्ब त भएको छैन नि म आएर ? फेरी कुरा गर्न बाध्य भएर मुस्काउँदै भनेँ, छैन । ऊ एकछिन टौदह हेर्दै टोलायो, मलाई ऊ केही
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.