Skip to main content

Posts

Showing posts from April, 2021

सामाजिक सञ्जाल ( Social Media )

Photo by  ROMAN ODINTSOV  from  Pexels कलममा मसीको साटो पिसाब बगेको समय छ  यस्तोमा के लेखौ म ? म तुर्काउन चाहन्न , हुर्काउन चाहन्छु  आफु मरेर अरु हुने उपयुक्त समय छ  यस्तोमा के गरौ म ? म हत्या गर्न चाहन्न ,प्राण भर्न चाहन्छु  थुतुनो बोल्दा गन्ध निस्कने समय छ  यस्तोमा के बोलौ म ? म सुघाउन चाहन्न ,सुनाउन चाहन्छु  गिदीको भित्तामा उदासीको जालो लागेको समय छ  यस्तोमा के सोचौ म ? म जालो भित्र लुक्न चाहन्न ,च्यात्न चाहन्छु  तिमी जस्तै म पनि सेकेन्ड , मिनेट , घण्टा , महिना, बर्ष गर्दै  तिम्रै संसारमा घुमिरहेथेँ आफुलाई बेच्न बजार चहारिरहेथेँ ।  देखेनौ र मलाई ? एक पल्ट सम्झि हेर त  म तिमी भित्रै छु , तिमी जस्तै  छु  म तिमी नै त हुँ ।   जति कलमको मसीमा पिसाबको मात्रा छ तिम्रो  सायद त्यो भन्दा बढी मात्रा मेरो छ जति आफु मारेर अरु बनेका छौ तिमी  म पनि पुरै आफु कहाँ छु र ? तिमी जस्तै सुनाउने चक्करमा  कयौ पटक सुघाएको छु मैले पनि  जति तिमीलाई उदासीले छोपेको छ त्यही जालो भित्र म पनि त छु  फरक यति छ म बिरामी छु  तिमी, हुन बाँकी छ  तिमीमा भोक अझै छ बिष पिउने  हेर मलाई म टन्न अघाएको छु  पत्याउँछौ ? म साँच्च

दिन

photo by: pixabay कोठाको झ्यालबाट बितिरहेको दिन हेर्छु एउटा बितिरहेको, स्वार्थी दिन । आफुलाई सजाउँन दिनले कयौँ कुरा चोर्छ उज्यालो चोर्छ , बतास चोर्छ बादल चोर्छ , झरी चोर्छ हरेक कुरा मनलागी चोर्छ । कोठाको झ्यालबाट बितिरहेको दिन हेर्छु एउटा बितिरहेको, स्वार्थी दिन । छोटो अनि रहरलाग्दो आयू बोकी  घामसँग लुकामारी खेल्छ  बताससँग छोइडुम खेल्छ चन्चले बालक जस्तो दिन स्वतन्त्र बनेर खेल्छ । कोठाको झ्यालबाट बितिरहेको दिन हेर्छु औँलामा छोएर बगिजाने खोलाको पानीझै लाग्छ सार्दा सार्दै मेटिएको ब्लाकबोर्डको अक्षरझै लाग्छ ढोकामा समाउँनै लाग्दा छुटेको गाडीझैँ लाग्छ सम्झन खोज्दा खोज्दै बिर्सीएको सम्झनाझै लाग्छ । कोठाको झ्यालबाट बितिरहेको दिन हेर्छु एउटा बितिरहेको, स्वार्थी दिन जो एउटा दिन दिएर मलाई  मेरो एउटा दिन चोरी लाग्छ जसरी एउटा प्रेमी प्रेम दिएर  प्रेम चोरी लान्छ । सधैझै आउँछ , सधैझै जान्छ हरेक दिन, एउटा दिन चोरेर लान्छ थाहै नदिइ यो अनौठो दिनले आयुको सीतन बिस्तारै खान्छ । कोठाको झ्यालबाट बितिरहेको दिन हेर्छु एउटा बितिरहेको, स्वार्थी दिन अनि यसपाली एउटा अठोठ गर्छु सधै मेरो दिन चोर्ने चोरको  म पनि केह

नयाँ बर्ष

Photo by  Anna Tarazevich  from  Pexels म जसरी धुन्छु आफ्ना पुराना लुगा  नयाँ बर्ष मलाई त्यसरी धोएर जान्छ जसरी पुराना लुगा सफा बनाउँछु म  त्यसरी सफा बनाउँछ मलाई नयाँ बर्ष हरेक बर्ष मलाई छोएर जान्छ, नयाँ बनाउँन धोएर जान्छ उर्जाले पखाली एकपल्ट मलाई  मैलो मेरो उ, भिरेर जान्छ म जसै जसै सफा बन्छु  नयाँ बनेको आफुलाई पाउँछु  सोचेर दिनैभर यस्तै केही  नयाँ बर्ष म गज्जब मनाउँछु  म जसरी धुन्छु आफ्ना पुराना लुगा  नयाँ बर्ष मलाई त्यसरी धोएर जान्छ जसरी पुराना लुगा सफा बनाउँछु म  त्यसरी सफा बनाउँछ मलाई, नयाँ बर्ष धोएका लुगा हेरि जसै म मुस्काउँछु उद्रेका ठाउँ हेरि फेरी घवराउँछु  थाहा छैन कोनि, किन यसो गर्छु   उद्रेँ कि भनी शरीर आफ्नो  सुम्सुमाउँछु । म जसरी धुन्छु आफ्ना पुराना लुगा  नयाँ बर्ष मलाई त्यसरी धोएर जान्छ जसरी धेरै धोएको लुगा फाटी जान्छ नयाँ बर्ष मलाई त्यसरी फटाएर जान्छ । - बिजय लुईटेल

कलेजी स्वीटर : एक प्रेम कथा

Photo by  Pavel Danilyuk  from  Pexels आज बिहानैबाट कोनी के सुर चढ्यो मेरो नातीलाई । बिकामे लुगाफाटा जति सबै फ्याकेर लगाउन लायक मात्र राख्छु भन्दै दराज खोतलीरहेको छ । देख्छु , उसको दराज छेउमा फ्याक्ने लुगाको एउटा ठूलो पहाड छ । निकै लुगा छन् क्यार त्यती निकाली सक्दा पनि अझै दराज खोतलीरहेकै छ । उमेरले नब्बे भेट्न आँटे पनि मेरा आँखा चीजबीज अझै ठम्याउँन सक्ने नै छन् । नातीले बनाएको फ्याक्ने लुगाको पहाडको चुचुरोमा एउटा कलेजी स्वीटर देखेँ । एकपल्ट ओल्टाइ पल्टाइ हेरेँ ।  बुढो भएँ सबैथोक याद रहँदैन , दुई बर्ष अघि जस्तो लाग्छ एकदिन मेरी नातिनी बुहारीले करैले  नातीलाई बजार लिएर गएकी थिइँ । झत्ते मात्रै छन् तपाईका लुगा त, केटा मान्छेलाई राम्रो भएर हिड्न मन लाग्दैन कि के हो भन्दै नातीलाई लगेको याद छ मलाई । दिन भर बजार घुमेर यही कलेजी स्वीटर किनेर ल्याएका थिएँ । हेर्नु त बुबा तपाईको नातीलाई यस्को पनि रंग मनपरेन अरे भन्दै यही स्वीटर देखाएकी थिइँ मलाई नातिनी बुहारीले त्यस दिन । कति चाँडै फ्याक्नु पर्ने भइसकेछ त्यो स्वीटर ।  के बुनिरहेकी बिना , अफिसबाट घर फर्कर्ने बितीकै , हातमा कुरुस लिएर गुलाबी धागो

ट्याग लगाएकी बुढी गाई

Photo by  Lucas Allmann  from  Pexels कानमा   पहेलो   ट्याग   लगाएकी   बुढी   गाई  थिइ, बीच   बाटो   छोडिएकी   थिइँ   ।   संयोगले   म   त्यही   बाटो   भएर   गुज्रिए ।   लाग्यो   कुनै   बादलको   टुक्रामा   उडीरहेकी   छे मानिसको   स्वार्थले   बुनिएको   टुक्रा   बादलमा   ।   सायद   कतै   टाढा   लादै   थियो   बादलले   उसलाई टाढा ,  जहाँ   सम्म   उसको   कल्पना   पुगेको   थिएन   । उसलाई ,  यथार्थ   एउटा   भयानक   सपना   बनेको   थियो   ।   टाढाको   यात्रामा   लम्किरहेको   बादलबाट   आवाज   दिएर त्यसदिन   सोधेकी   थिइ  ,  स्वार्थ   त   देखेँ  ,  मानवता   छ   कतै  ?   अझै   खोजीरहेकै   छु  ,  खोज,   अझै   जारी   छ   ।      - बिजय लुईटेल