Skip to main content

Posts

Showing posts from November, 2018

जाँडको कुरा, प्रेमको कुरा, रातको कुरा

बोसन डाँडा, जुनेली रात छ , निभ्न लागेको आगोमा अलि अलि रातोपना बाँकीनै छ, एकछिन अगाडि पोलेको मासुको बास्ना थोरै चाल पाउदै छ नाकले , छेउको पोलबत्ती धीप धीप गर्दैै आफ्नो धर्म निभाउदैछ , तल गहिरोमा बलेको बत्तीले टौदह त्यहाँ छ भन्ने जनाउ दिदैछ , चिसो हावा चलीरहेको छ , म एउटा मेचमा बसेर हेर्दैछु अन्धकार तिर, हातमा एउटा गिलास छ मदिराको, काखमा एउटा  खाली डायरी छ अनि ज्याकेटको गोजीमा एउटा कालो पाइलट पेन अनि क्वाटर मदिराको सिसि । साथीहरु कोठामा गइसकेका छन्, किरा कराएको पनि स्प्रष्ट सुनिने सन्नाटा छ, । मलाई कुनै अपरिचित आवाज दिन्छ , के हो साथीको ब्रेकअप भयो कि के हो ? एक्लै बसेको छौ त रमाइलो गर्न आएको मान्छे । मैले केही बोल्न नपाउदै ऊ मेरो छेउमा आएर बस्छ अनि मलाई फेरी सोध्छ साथी सँग लाइटर होला ? बोल्नै कर लागेपछि मैले भने म चुरोट पिउँदिन । ऊ उठेर आगो छेउ जान्छ, एउटा निभ्न लागेको दाउरामा चुरोट सल्काउँछ अनि मेरै छेउ आएर बस्छ, उसको हातमा पनि म एक गिलास मदिरा देख्छु । साथीलाई डिसटर्ब त भएको छैन नि म आएर ? फेरी कुरा गर्न बाध्य भएर मुस्काउँदै भनेँ, छैन । ऊ एकछिन टौदह हेर्दै टोलायो, मलाई ऊ केही

मेरो अन्नपूर्ण पदयात्रा

भनिन्छ जीवननै एउटा यात्रा हो जस्लाई हरेक मानिसले आफ्नै तरिकाले डुलेको हुन्छ र आफ्नो जीवनको सार आफै बुझ्छ । जीवनको यो ठूलो यात्रामा कही कतै साना यात्राहरुको झल्को भेटिन्छ ,यादहरु भेटिन्छ । सायद मेरो जीवनको अन्तरालमा मलाई अन्नपूर्णको उकाली ओराली याद आउनेछ । दुई साथी एकै खालका हिडेका थियौ हिमाल हेर्नलाई । मलाई हिमालको काखमा कथा खोज्ने सारै रहर थियो तर हिडाइको थकान र हिमालको मुस्कानले मलाई कथाको खोजीनै बिर्र्साइदियो । हामी केबल हिडीरह्यौँ हिमालको काखमा खेल्न । जब मलाई कथाको खाँचो थियो तब रमाइलोले मन भरिएको थियो तर आज जब ती यादहरुको बारे घर बसेर सोच्छु मलाई मैले त्यहाँ नजरअन्दाज गरेको कथाहरुले कुत्कुत्याइ रहेको छ । मलाई ऐले ती कथाहरुले बिथोल्छन् जसलाई मैले मेरा खुट्टाले कुल्चेर आएँ , आँखाले हेरेर आएँ , हातले छोएर आएँ । मैले ऐले यी कुराहरु लेख्दा आफैलाई सोधिरहेछु के साच्चै ती कथाहरुले मेरो जीवनमा केही अर्थ बोक्लान, ती कथाहरुको सार के होला ? म ती कथाको याद गर्दै छु जुन पहाडका भोटे कुकुरको घाँटीका घन्टीले बजाँउदै थिए, रुखबाट खसेको सुकेको पातले खसाउँदै थिए , हिमालका चेपबाट बगेको पान

आज उसको सम्झना आयो

थाहा छैन के सोच्यो मनले, धेरै समय देखी आफु भित्र गुम्सेको खिन्नता उनको सामु पोखौ झै लाग्यो । एउटा गल्तीको ग्लानीले डेरा जमाएको मनले उसलाई माफ पनि मागेको थिए माफ गरे बाबा भनेर उसले भनेकी पनि हो तर अहँ मनले मान्ने वाला थिएन, मलाइ माफ भन्दा उनी धेरै आवश्यक थियो । उसका आँखामा आँखा जुधाएर एक पल्ट भन्न मन लाग्यो मलाइ माफ गरिदेउ मबाट भुल भयो म तिमीलाइ अझै उतीकै माया गर्छु । मान्छेलाई आफ्नो गल्तीको अनुभव हुने बित्तीकै छटपटी हुदो रहेछ, मलाइ पनि त्यस्तै भयो म उसलाई भेट्न छटपटाए । अघिल्लो रात च्याटमा उसले भेट्नलाई नाइ भन्दा भन्दै पनि मैले उसलाई बिहान कलेज पु¥याउने निर्णय गरिसकेको थिए, जिद्दीपन उसको भन्दा कम थिएन । बिहानै साढे पाँच बजे उठेँ, दाजु पल्लो खाटमा सुतिरहेको थियो उठी हाल्यो भने कहाँ के भनेर सोध्ला भनेर बिस्तारै आवाज नगरी लुगा लगाए, आमाले तँलाइ सारै सुहाउँछ भन्ने गरेको रातो टीसर्ट लगाए, निलो जीन्स पाइन्ट अनि एउटा निलो ज्याकेट, थोरै परफ्युम लगाए अनि आँफैलाई सुघे, मिठै बासना आउछु भन्ने लागेपछि माथ्लो तलामा गए मुख धोए दाँत माजे अनि बाइक लिएर निक्लेँ उसको बस पर्खने स्टप । पाँच बजे

यादहरु

मन कसरी सम्हालुँ म आफ्नो तिम्रो तस्विर पनि बोलेझैँ लाग्छ कयौँ रात खल्लो बिताइसकेँ बिरक्ती समय त्यही अडेझैँ लाग्छ ।। अलझिरहन्छ मन त्यही भेटमा मेरो तिम्रो मनले ऋतु फेरेझैँ लाग्छ झझल्को आउँछ तिम्रो हाँसोको कतै कुनामा अतीत रोएझै लाग्छ ।। बिहानी यसै झस्काइ दिन्छ सपना हातैबाट जिवन छुटेझै लाग्छ चाहनाले खेदी रहन्छन् आशा डोरीले आँफैलाइ कसेर बाधेझै लाग्छ ।। चरी चिरबिर आवाज दिन्छ मलाई तिम्रो खबर बोकी ल्याएझै लाग्छ माया प्रितीका कुरा गर्छन् किताब सम्झि तिमीलाई कसैले लेखेझै लाग्छ ।। सुवास आउँछ भिजेको जमीन बाट तिम्रो पैताला छोइ आएझै लाग्छ कबिता भन्छन् मलाइ जूनताराले तिमीलाइ भेटेर आएझै लाग्छ ।। नचिनेझै गर्छन् यादहरु पनि पहिचान आफ्नो गुमेझै लाग्छ रिताे बनाइ मेरो प्रेमी मन तिम्रो समय चोरुझै लाग्छ ।। खोज्छु सहरको भिडमा तिमीलाई बाटो आफ्नै भुलेझै लाग्छ सुन्छु बाटोमा रोएको सारङ्गीलाई मुटु मेरो रेटेझै लाग्छ ।। आँखा मेरा खोज्छन् तिमीलाई अन्धो अब बनुझै लाग्छ सिर्जना गर्छन् सपना हाम्रो निदाउनै अब छोडुँझै लाग्छ ।। खोजेर भुल्न भ

साथ छुट्छन्

हिजो सम्म जो मेरो समीप थियो आज छैन तिनको अस्तित्वनै लुटेर लग्यो कतै समयले या उडायो हावाले यादका डाली जो फुलीरहेथे ढकमक मनको बनमा लोभलाग्दो गरी ।। हिजो सम्म जो हाँस्थ्यो मसँग आज मौन छ तिनको आवाज खोसेर लग्यो कतै घृणाले या लुकाइदियो खिन्नताले प्रेमिल मनहरु जो खोजीरहेथे एकअर्कालाइ धैर्यबिहिन आँखा भरी ।। हिजो सम्म जो सुन्थ्यो मलाई आज इक्षाको खडेरी छ निचोरेर मार्यो आशाले या भिजाइदियो आँसुले मायाका कोपिला जो रमाइरहेथे हावामा चनचल चनचल बनी ।। हिजो सम्म जो खोज्थ्यो मलाई आज आँफै हराएको छ बगाएर लग्यो उदासीले या पुरिदियो अहङ्कारले सपनाको कटेरो जो बसेको थियो मनमा प्रतिक्षा कसैको गरी ।। हिजो सम्म जो हेथ्र्यो मलाई आज कतै टोलाएको छ अल्झाइदियो मज्बुरीले या ठेस लायो आकाङ्कक्षाले खुसी खोज्ने मनलाई जो बाटो खौज्दैथिए एकअर्कामा बिलीन बनी ।। - बिजय लुईटेल