Skip to main content

Posts

वर्क लाइफ व्यालेन्स ( Work-Life Balance )

पहाडको शिरमा मुस्कुराइरहेछन् एक लस्कर अपरिचित रुखहरु । एक लस्कर, अपरिचित यादहरु । निक्कै परबाट हेर्दा त्यस्तै प्रतित भइदिन्छ । कोही सुस्ताएका होलान् कुनैदिन ती रुखका छहारीमा , एक जीवनलाई पुग्ने सम्झना मनलाई बोकाएर फर्किएको होलान् । ती को हुन् , कहाँ बस्छन् , के गर्छन् , उमेर कति हो , सास फेर्दै छन् कि धुवाँ बनिसके यसमा कोही जानकार छैन । जानकार यदि कोही छ भने ती आफै छन् तर उनीहरुको अस्तित्व माथिनै एक पश्न छ किनभने ती मेरो कल्पनमामा मात्र सिमित छन् । तेरो सम्झना ,उस्को सम्झना, तपाईको सम्झना सबै त्यही रुखको छहारीमा एक हुन सक्दछन् । तर नहुन पनि सक्दछन् । त्यो केवल रुखको एक छहारी न हो । क-कसलाई समेट्न सक्ला र बिचरा त्यसले ?  जिम्मेवारीको यत्रो भारी कहाँ बोक्न सक्ला  ? तर थोरै भने बोक्न सक्षम छ ।  मेरा थोरै सम्झनाहरु त्यो छहारी मुनि समेटिएका छन् । मलाई तिनैले आज एकाएक यात्रा सम्झाइदिए । यस्ता सम्झना केलाउदा लाग्छ म जन्मिएकै यात्रा गर्न हुँ । यात्राका केयौँ यस्ता सम्झना छन् जसले मलाई आफैलाई चिन्न मद्दत गरेका छन् । केही समय अघि मन विचलीत हुने बित्तिकै म यात्रामा निस्कन्थेँ । उदासी अनि जीवनमा आ

जीना यहाँ, मरना यहाँ, इसके सिवा जाना कहाँ

अलिक पर सम्म प्रस्ट देख्‍ने भएको छु । यो हैन कि आँखा कमजोर छ । चेतनाको कुरा गर्दैछु । भविष्यलाई बर्तमानमा हेर्ने र छाम्‍ने दुस्प्रयास हो एउटा । फेरि बिरोधाभाष पनि छ कि अहिले छामेका कुराहरु पछि जिवित नहोलान् भनेर । यो उमेर को दोष हो वा चेतनाको दोष हो हरेक कुराको ठोस् उत्तर नखोजी बिश्राम नलिउँ भन्छ । एका बिहानै कविता फुरेको थियो तर कागजमा उतारिन । अहिले थोर बहुत मात्र याद छ । सोचिरहेको छु त्यस सोचलाई केहि समय दिएर कविताका रुपमा जिवन्त बनाइदिउँ । हेर्ने कथाको बाघको बङ्गारा नामक बृतचित्र दोहोर्याएर हेरेँ । डरलाग्दो भिरमा झार समाएर भिर माहुरीको मह काढ्न हिँडिरहेका मानिस देखेर मलाई पनि कहि कतै काउकुती लाग्यो । काउकुती यस्तो थियो । जीवन यात्रामा भिरै भिर हिँडेँ  निकै झार समाएँ तिनको अस्तित्व मारेर  प्राण आफ्नो बचाएँ सोधिन झारलाई  दुख्यो कि तिमीलाई भनी भनिनँ माफ गरिदेउ  प्रयोग गरे तिमीलाई भनी  साला स्वार्थी मानिस  भित्रै गडेको छ  निकाल्न खोज्छु  अडिदैन !!! फेरि झार समाउँछ  अपरिभाषित स्वतन्‍‍त्रता छेरुवा स्वतन्‍‍त्रता समाउनै भए  किन खोज्छ उम्कन ? बिचारहिन  स्वतन्‍‍त्रता मिथ्या स्वतन्‍‍त्रता बाघ

पिके पिक पदयात्रा

Photo : Amir Shrestha @nepal8thwonder वैशाख २३, २०७९ , बिहान ८ बजे ( भुलभुले , सोलुखुम्बु ) लालीगुराँसको दुनिया भुलभुलेमा आज बिहानै देखि झरी परिरहेको छ । म सुतेको ओछ्यान माथि पानीले एकोहोरो संगीत बर्साइरहेको छ । पानी नपरेको भए यतिबेला म पिके बेस क्याम्प तिर हिँड्दै हुन्थे  तर पानीले त्यसो हुन देला जस्तो छैन ।  यो यात्रामा मलाई नियमित डायरी लेख्न मन थियो । पहिलो दिन गाडीमा ओखलढुङ्गा पुगेर लेख्न सुरु गर्नु पर्ला सोचेको थिएँ । दिन भरि गाडीमा हिँडेकाले ओखलढुङ्गा पुग्न लाग्दा गाडी लाग्यो । ड्राइभर दाजुलाई एक छिन साइड लगाउन भनेर मैले बाटो छेउको कुलोमा दुई पाउ जति छादे । अलिकति सञ्चो त भयो तर ओखलढुङ्गा पुगेर कलम समाउन जगर आएन । रासन ओकलेर फुर्सद नभाको शरीरले किन हो कोनि शब्द ओकल्न मानेन ।  राती ओखलढुङ्गा पुग्दा पार्टीका झंडा बोकेर युवा र बुढा बुढी बाटोमा हिडिरहेका थिए । चुनाव आउँदा नेपालको माहोल सधैं यस्तै हुने गर्दछ । देशको मुहार फेर्छु भनेर हिड्ने ति जस्तै मानिस केही समय पछि देशभर मुहार लुकाउँदै हिँडेको देखिन्छन् । देशको यो चलन बाट म अपरिचित छैन । मलाई त उसै पेट निमोठेर सकस भइरहेको थियो राज

मुसाको टाउको र चौकीदारको मौनता

    मुसाको टाउको र चौकीदारको मौनता A Fiction by Bijaya Luintel दिन याद छैन , समय पनि यतिबेलै भन्न सक्दिन तर जे होस् दिउसोको बाह्र नाघेको थिएन । बुद्धि बङ्गाराले दुख दिएका कारण मलाई एक पल्ट ओ पि जि गर्नु पर्ने भयो । त्यही गर्नलाई भनेर म कुपन्डोल सम्म जान लागेको थिएँ । म संग मामाको छोरो आयुष पनि जाँदै थियो जसलाई माइतीधर छोडेर मैले कुपन्डोल जानु थियो । मज्जाले घाम लागेको त्यस दिन म कुपन्डोल जानलाई घरको सिँडीछेउ बसेर जुत्ता लगाउँदै थिएँ । जुत्ता लगाउँदै गर्दा मामाको छोरो आयुषले “ दादा तल आँगनमा त बिरालोको टाउको छ ” भन्न भ्यायो । आँगनमा बिरालो मात्र छ भन्दा खासै अचम्म मान्ने थिइन होला तर बिरालोको टाउको मात्र छ भन्ने सुनेर हतार हतार जुत्ता लगाएर म आँगनमा झरेँ । त्यहाँ पुगेर आँगनमा लडिरहेको बडेमानको टाउको देखेर अचम्म लाग्यो । के रहेछ भनेर निउरिएर हेरें । त्यहाँ बिरालो नभएर मुसाको टाउको लडिरहेको रहेछ ।   “ थुक्क   मुला एउटा मुसा र बिरालो छुट्याउन पन