अहिलेको जस्तो स्थिति आइ लाग्दा लेख्ने चेतना सिर्जना गरेकामा मलाई असाध्यै खेद लाग्छ । एकछिन अघि सम्म म स्वर्ग लोकमा सुन्दर परीहरुसँग रमाइरेहको थिएँ । सोफामा पल्टेर परीहरुले हल्लाइरहेको हाते पंखाको हावा खाइरहेको थिएँ । त्यतीकैमा यो बिजय लुईटेल भन्ने एउटा ठिटोले “ भगवान लौ न एउटा सानो प्रेम कथा लेखुँ जस्तो लागेको छ तपाईले यो कथाको सुत्रधार बनिदिनु पर्यो “ भनेर मलाई यता बोलायो । हावा कुरा नगर् । अरु जो कोहीलाई सुत्रधार बनाए पनि भइगयो नि भनेर त्यसलाई मैले निकै टार्न खोजेँ । अहँ ! तर भगवान त सबै तिर हुन्छन् भन्ने सुनेको हुँ, मेरो कथाको सुत्रधार बन्दा के जान्छ तपाईको भनेर मलाई मनाएरै छाड्यो । साँचो कुरा भन्दा यो बिजय लुईटेल भन्ने मानिसलाई मेरो अस्तित्व माथीनै संका छ जस्तो लाग्छ कहिलेकाँही । यसले बिना मतलब आफ्नो स्वार्थको लागि मलाई प्रयोग गरिरह्न्छ । प्रयोग पनि के भन्नु यसको चेतना मलाई प्रश्न गरिरहन्छ । मलाई म छु भन्नका लागि भए पनि यसका कुरा मान्नु पर्ने आपत आइलागेको छ । “धुम्म बादल लागेको आकाशबाट भगवान जमिन तिर चियाउँछन् “ ए ! पख् न हौ एकछिन मैले मेरो परिचय दिँदै थिएँ । भगवान हेर म तिम्रो
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.