Photo : Kamil Ghais /Flickr तीनतले घरको छतबाट पहिले तल्लाको झ्यालसम्म झरेर पिल पिल गर्दै बलिरहेको झिलीमिली बत्तीलाई एकछिन टोलाएर हेर्यो र बसन्तले भन्यो जाऔँ साथीहो अब यो घरका मान्छे तल झर्छन जस्तो लाग्दैन मलाई । उसको स्बर लगातर आधा घण्टा भट्टयाएपछि सुकेको थियो, तिर्खा पनि उतीनै लागेको थियो, पाएको भए एक अम्खोरा पानी एक सासमै रित्याइदिने थियो । पछाडिबाट रमेशले भन्यो जाने भए जाउँ तर आशिष दिएर जाउँ , घरबेटीले गति छाड्यो भनेर हामीले छाड्नु हुँदैन । खोयाको गति नछाड्नु, सालेहरू माथी जाँड धोेकेर तासमा नारिएका होलान , यत्रो बेर गाएको नसुन्नेले हाम्रो आशिष सुन्छन् जस्तो लाग्छ तिमीहरूलाई झोक्कीदै भन्यो पुण्यरामले । पुण्यरामको कुराले देउसी टोलीमा थोरै खैलाबैला भयो , केटाहरूको गाइगुई बढ्न थाल्यो । ठिकै छ नि त यत्रो बेर त खेलियो अब दुई मिनेट त हो म भट्टाउँछु अनि जाउँला, ल बिष्णु मादल बजा, सकेर गइहालौ अब त अबेर पनि भैसको दरबार पुग्नु छ, बसन्तले सुकेको स्वरमा भन्यो । बसन्तका कुरा भुईमा झर्न नपाई बिष्णुको मादलले ताल दिइहाल्यो अनि आशिष सुरू भयो । बसन्त : आहै, भन मेरा भाइहो देउसे : देउसीर
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.