Skip to main content

Posts

Showing posts from January, 2019

सिद्धपोखरी : रातको १२ बजे

सिद्धपोखरीमा  रातको १२ बजेको छ , पुर्णीमाको रात भएर पोखरीमा हल्का उज्यालो पोतिएको छ , बेला बेला माछाको चप्लङ्ग चुप्लुङ्ग सुनिन्छ, रुखमा बसेको किराहरुको अनौठो आबाज आइरहेको छ । हाबा चलेको ले रुखका पातहरु मन्द मन्द सुसेल्दै छन् । एकदम सुन्सान छ पोखरी । जूनको मधुरो प्रकासमा रुखको छाँया पोखरीमा छरिएको छ । यस्तैमा एउटा मधुरो आकृति पवेश द्धार छेउको पर्खालबाट भित्र उक्लन्छ । लुगामा लागेको भित्ताको सेतो टकटकाउँछ । हेर्दा २२-२४ बर्षको देखिने त्यो आकृति अब बिस्तारै पोखरीलाई दाइने पारेर हिड्न थाल्छ । सुनसान भएर होला उसको हिडाइको आवाज प्रस्ट सुनिन्छ । आदा पोखरी घुमिसकेपछि , ऊ एउटा पाटीमा गएर बस्छ । पर आँफु पसेको पर्खाल तिर हेर्छ अनि एकपल्ट हातमा बाँधेको घडी पनि हेर्छ ।  त्यसतैमा सुबास भन्दै सानो स्बरमा कसैले बोलाउँछ , ऊ आफु बसेको ठाँउबाट उठेर पछाडि फर्कन्छ , एउटी केटी पर्खालको पल्लो पट्टीबाट उसैलाई हेरिरहेकी हुन्छे । हात दिदैनौ भनेर केटीले सोधेपछि सुबास उसलाई भित्र उकाल्नलाई हात दिन्छ । भित्र पसिसकेपछि केटी भन्छे धेरै बेर त पर्खाइन नि ? आज त परेन धेरै बेर पर्खन , तिमी समयको धेरै पक्का भएछौ स

पार्सल : एक प्रेम कथा

Photo by  Kira auf der Heide  on  Unsplash २०१९ डिसेम्बर ३१ रेस्टुरेन्टमा भर्खर काम सकेर कुर्सीमा थकाई मार्दैछे आरजु । साझको ६ बजेको छ । मन्द बत्ती बलेको छ रेस्टुरेन्टमा , छेउमा केही ग्राहक रमाइरहेका छन् । ह्याप्पी न्यु इयरको स्टीकर टाँसिएको छ भित्तामा । ममि र भाइ रेस्टुरेन्टको काममा ब्यस्त हुनुहुन्छ । यसो मन बहलाउन फेसबुक खोल्छे । साथीभाइको म्यासेज आएको छ ह्याप्पी न्यु इयर लेखेर , उसले पनि फर्काउछे म्यासेजहरु स्माइलीका साथ । कसैले बोलाइहाल्छ कि भनेर एकदम चनाखो भएर बसेकी छे । बिहान देखीको कलेज , दिउँसको देखीको काम , अनि घर गएर खाना पकाएर धन्दा पनि गर्नु पर्ने । पढ्ने समय पनि खासै निकाल्न सकिरहेकी छैन आरजु अचेल । यस्तोमा कतै छुटेको अनुभव गर्छे , कहिले काँही केही दिनको लागि कतै जाउँ जस्तो लाग्छ । सोधिदिने कोही भैदिए हुन्थ्यो जस्तो लाग्छ उसलाई अचेल । कुनाको टेबलमा बसेको एउटा जोडीलाई मस्किरहेको देख्छे अनि यसै फिस्स हाँस्छे । सोच्छे मान्छे प्रेमको लागि समय कसरी निकाल्छन् । मन खाली खाली लाग्छ उसलाई , उसलाई मन पराउनेको कमि त थिएन तर उसले के खोजिरहेकी छे आफै अलमल्ल मा परिरहेकी छे । मोब

डायरी चोर

कोठा पुरै अध्यारो नभए पनि मधुरो छ , आल्नामा लुगाफाटा छरपस्ट छन् , मोजाका केही जोर भुर्इँमा छरिएका छन् । ब्लाङकेट भित्र सुतिरहेको छ ऊ , निदाएको त छैन होला तर आँखा बन्द छ , छेउमा दाल्मोटको बटुको छ, यसो हेर्दा ढुसी परेको जस्तो सेतो देखिन्छ बटुकाको माथिल्लो भागमा । पढ्दै गरेको टु किल अ मोकिङबर्ड किताबको बिचतिर बुकमार्क छ । ल्याप्टप ऊ सुतेकै छेउमा छ, लाग्दछ केही हेर्दै थियो एकछिन अगाडि , आदामै पज गरेको छ त्यो पनि । ब्लाङकेटमा ऊ गुजगुजाउँछ अनि उठेर खाटमा सिरानीलाई ठाढो पारेर अडेस लाग्छ । आफ्नो छेउको पर्दा थोरै खोल्छ अनि दाल्मोट राखेको टेबलमा हेर्छ , केही त पक्कै साच्दै होला त्यो दाल्मोट देखेर । त्यही छेउमा रहेको एउटा सानो डायरी तान्छ , केही लेख्छु जस्तो गरेर । हातमा डायरी र पेन लिएर झ्यालबाट बाहिर हेर्छ , केही सोच्छ अनि डायरीमा लेख्छ । एकछिन पछि लेखेको कोर्छ अनि कागज च्यातेर मोजा भएको ठाँउमा पुग्ने गरि फाल्छ । दुई चार पल्ट त्यसो गरेपछि चै उसले  धेरै बेर लेखेको जस्तो गर्छ , कागज फ्याँक्न रोकिन्छ । दुई चार पाना भएको जस्तो देखिन्छ ।।। कलम र डायरी भुईमा राखेपछि ऊ उठ्छ । उसले कोठाको मधुरो बत

‘‘ म तिमीलाई अब असारमा भेट्न आउँछु जन्मदिन ’’

आइतबारको बिहान, लगभग आठ बजेको थियो । म सिरकले मुख छोपेर, ब्युझिसकेको मलाई अझ एकछिन सुत भन्दै थिए । जागिर नभएकोले जानु पर्ने कुरै भएन , काम भनेको जम्मा चिया खाने अनि मुख धुने , त्यसमा पनि मुख धुने कामलाई त धेरै जस्तो अस्वीकारनै गर्ने गरेको थिए । मेरो सिरकलाई थोरै उठाएर एउटा भाइले भन्यो, बिजु दादा आज मेरो जन्मदिन , अनि तिन चार वटा इक्लेयर्स चक्लेट मेरो सिरानीमा राखिदियो मैले थोरै निदाउँदै बर्थडेको शुभकामना दिएँ , सुनेको नसुनेझै गरेर ऊ मेरो कोठा बाट बाहिरियो । अब उठ्ने बेला भएछ भन्ने लागेर म सिरक फ्याँकेर उठेँ । बर्थडे सँग अभ्यस्त भएको कानले जन्मदिन सुन्दा अनोठो मान्यो । यही असारमा बाइस बर्ष पुगेको आँफुलाई सम्झेँ । २२ ओटा बर्थडे पनि मनाइसकिएछ तर जन्मदिन नि ? मलाई मेरो स्कुलले जन्मदिन भन्दा बर्थडे मनाउन धेरै सिकायो । थाहा छैन किन सायद बर्थडे अलिक सभ्य सुनिन्छ , जे होस स्कुलले सिकाएको शब्द हो, राम्रै भएर त सिकाएको होला भन्दै मन बुझाएँ ।  के बर्थडेको अगाडि साच्चै कुरुप छ र जन्मदिन ? या अब जन्मदिनले अबकाश पाएको हो ? मलाई लाग्छ जन्मदिन जस्ता शब्द अब बुढा भए , अनि शब्दकोश नामक बृघ्दआश्र