अलिक पर सम्म प्रस्ट देख्ने भएको छु । यो हैन कि आँखा कमजोर छ । चेतनाको कुरा गर्दैछु । भविष्यलाई बर्तमानमा हेर्ने र छाम्ने दुस्प्रयास हो एउटा । फेरि बिरोधाभाष पनि छ कि अहिले छामेका कुराहरु पछि जिवित नहोलान् भनेर । यो उमेर को दोष हो वा चेतनाको दोष हो हरेक कुराको ठोस् उत्तर नखोजी बिश्राम नलिउँ भन्छ । एका बिहानै कविता फुरेको थियो तर कागजमा उतारिन । अहिले थोर बहुत मात्र याद छ । सोचिरहेको छु त्यस सोचलाई केहि समय दिएर कविताका रुपमा जिवन्त बनाइदिउँ । हेर्ने कथाको बाघको बङ्गारा नामक बृतचित्र दोहोर्याएर हेरेँ । डरलाग्दो भिरमा झार समाएर भिर माहुरीको मह काढ्न हिँडिरहेका मानिस देखेर मलाई पनि कहि कतै काउकुती लाग्यो । काउकुती यस्तो थियो । जीवन यात्रामा भिरै भिर हिँडेँ निकै झार समाएँ तिनको अस्तित्व मारेर प्राण आफ्नो बचाएँ सोधिन झारलाई दुख्यो कि तिमीलाई भनी भनिनँ माफ गरिदेउ प्रयोग गरे तिमीलाई भनी साला स्वार्थी मानिस भित्रै गडेको छ निकाल्न खोज्छु अडिदैन !!! फेरि झार समाउँछ अपरिभाषित स्वतन्त्रता छेरुवा स्वतन्त्रता समाउनै भए किन खोज्छ उम्कन ? बिचारहिन स्वतन्त्रता मिथ्या स्वतन्त्रता बाघ
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.