Skip to main content

Posts

Showing posts from March, 2019

भ्यालेन्टाइन डायरी

केही दिन भयो उसलाई मज्जाले निद्रा लागेको छैन , यो भ्यालेन्टाइन डे पछिको कुरा हो । निद्रै नलाग्ने पनि हैन उसलाई , लाग्छ । तर एउटा अनौठो सपना देख्छ अनि झस्केर ब्युँझन्छ । कोही बोल्छ उसको सपनामा । अन्धकार छ सपना । अनि सपनाको लगभग अन्त्यतिर ऊ बाइकमा हुन्छ, भक्तपुर दरबारको पार्किङबाट जब ऊ बाइक निकाल्छ उसका आँखाबाट आसु झर्छन्, मन चिसो भएको हुन्छ । मान्छेले आँसु नदेखून् भनेर ऊ हेल्मेटको कालो सिसा झार्छ अनि फेरि अन्धकार हुन्छ । बाइक चलाउन केही नदेखेपछि ऊ ब्यँुझन्छ । ब्यँुझदा उसको शरीर पसिनाले भिजेको हुन्छ अनि मन अलमलले । सपना अनौठो छ , कोही केटी बोल्दै हुन्छे कुनै चिठी बाचन गरेजस्तै । उसलाई केटीको स्वर चिन्न खासै बेर लाग्दैन । आफ्नै नाम बोलेर सुरु गर्छे , मेरो जीवनको अमूल्य मान्छे ........... , भ्यालेन्टाइन डेको धेरै धेरै शुभकामना । सपना कालो छ कोही देखिँदैन तैपनि मधुरो आवाज सुनिन्छ । सपनामा केटी पढ्दै जान्छे , कसरी भन्न सकेँ अब तिमीलाई कल गर्दिन , म्यासेज गर्दिन भनेर । किन म तिमीलाई केही नराम्रो भन्ने बित्तिकै एकैछिनमा ग्लानी महशुस गर्छु  ?  यति भनेर केही बेर रोकिन्छे अनि फेरि सुरु हुन

डरबोक

प्रिय पाठक, मैले यहाँ केही फरक गर्न खोजेको छु । भावना भनेको यथार्थ र कल्पनाको अलमलको उपज हो । एक पल्ट भावना अर्थात कविता पढ्नुहोला अनि सबै पढेर कविता फेरी पढ्नुहोला यदि राम्रो लागेमा , नलागे पनि मेरो मन राख्न पढ्नुहोला । म खुसी हुनेछु । पहिलो पल्ट पढेको कविता र दोस्रो पटक पढेकोमा के फरक पाउनुहुन्छ भनिदिनुहोला ।  भावना ः पातलो निद्राको कायामा सुनौलो सपना लागेको छ दुधमा बाक्लो तर् लागेझैँ अनि मलाई हाम्रा अमिला याद देखि डर लाग्न थालेको छ । डरपोक हैन , डरबोक हुँ डरलाई बोकेर हिडेँको यात्री मलाई डरले अब कहाँ पुर्याउँछ ? लुलो भएँ भनेर बिसाइदिउँ कि  बलियो छु भनि बोकीरहूँ  डरको ओजिलो भारी ? अझ केही कदम टेकौँ भन्छ अझ केही माइल हिडौँ भन्छ थकित मनले अनायासै । अनि केही पर चौतारी छ भन्दै , आशाका आवाजहरू  मेरो कानमा गुजमुजाइरहेछन् । “ भारी साट्नेको त्यहाँ भिड लाग्छ ” “ तैँले कोही परिचीत फेला पार्छस् ” “ भारी बिसाएर तेरै बाटो हेरिरहने   त्यही तेरो डर साट्ने साथी ” भन्दै  नयाँपनका कोपिला

याद बोल्ने कट्टु

Photo by  Jordan Whitt  on  Unsplash २०७५ को एक खुलेको बिहान , धेरै पछि मर्नीङ्ग वकमा हिँडेको थिएँ । घाम मज्जाले लाग्न खोज्दैथियो  बोडेतिरबाट घर फर्कदै गर्दा एउटा घरको भित्ताले मेरो आँखा तान्यो । थोरै रातो त्यो भित्तामा सेतो अक्षरमा लेखिएको थियो " प्रोएड मोटरसाइकल पार्किङ " । म अचम्ममा परेँ , २०६३ साल तिर लेखिएको त्यो अक्षर अझै उस्तै भएको देखेर । मेरा खुट्टा एकछिन रोकिए अनि अघि बढेँ त्यो भित्तातिर । लगभग छ फुटको रातो भित्तामा मेटिन लागेको अक्षर नाँचिरहेका थिए । भित्ता भन्दा माथि रडले बनेको जाली थियो , त्यसको ठ्याक्कै माथि एउटा झ्याल थियो सेतो रङ्गको । दिमाग गनगनाउँदै थियो, यतिका बर्ष किन मेरा आँखा गएनन् यो भित्तामा भनेर । सायद बाइकमा हिड्दा बाटोमा धेरै ध्यान गएर होला छेउछाउका यस्ता कुराहरू छुटिरहेका हुँदा रहेछन् । मेरो मन भनेँ त्यो झ्यालबाट भित्र चियाँउन थालिसकेको थियो । मनले खासै दिमागको बहकाउमा नआइ मलाई झ्यालभित्र लिएर गयो । झ्यालमा पुग्दा नपुग्दै भित्रबाट गाइगुइँ आवाज सुनिन थाल्छ, केटाकेटी गनगनाइरहेको । यसो त्यो खुल्ला झ्यालबाट भित्र हेर्छु एउटा अन्दाजी बाइस चौब