Skip to main content

Posts

Showing posts from December, 2018

मायानगरी, बिबाह र सम्झनाहरु

आमा र म बडाबाको छोरा र मामाको छोराको बिबाहमा सरिक हुन इलाम पुग्यौ । मेरो दुई बर्ष पछिको यात्रा थियो त्यो । पहिलो दिन हर्कटे बजार पुगेर लुगा फेर्नु अघि मलाई मेरा हजुरबुबा बस्ने गरेको कोठाले बोलायो , सिधै कोठामा पुगेँ, त्यहाँको खाट दान दिइसकेको रहेछ , बा त्यहाँ हुनुहुन्थ्यो भन्दै थियो त्यहाँ काँटीमा झुन्डीएको कालो कोटले । कालो कोट लगाइदिनेको कमीले निरास देखिन्थ्यो । मलाई हजुरबुवाले घोडा भनेर भैसी चढ्दा भैसीले तिघ्रामा सिङले हानेको कुरा सुनाएको हिजै जस्तो लागिरह्यो । लाग्यो हजुरबुवाको जुत्ता अझै हिड्दैछन् हर्कटेको बाटामा , मुल घर जाने बाटामा, इलामका चिया बगानमा आफ्नो पाइलाको डोब छोड्दै । हजुरबुवाको पाइला सायद एक न एक दिन सबैले पछ्याउनु पर्छ जिवनको यात्रामा । भोलीपल्ट हामी बिहे घर फाँजीगाउँ झर्यौ । हिजो अस्ति सम्म केटाकेटी जस्तो दाजू बिबाह बन्धनमा बाधिन लागेका थिए । मेरा कान्छो काका बिहेको अघिल्लो दिन आइपुग्नुभयो, काका, काका जस्तो नभइ साथी जस्तो हुनुहुन्छ । काका सँग सधै एक दर्जन जोक्स रेडी हुन्छ माहोल बनाउँनलाई । सहरको भन्दा फरक हुँदो रहेछ गाँउको बिबाह, साथी भाइ, नाता गोता, छरछिमेक के

मैले माया गर्नै छाडिदिएँ

निम्ता दिएर ढोका थुन्ने प्रियसी मैले तिम्रो घरको बाटै भुलाइदिएँ । प्रेमका काहानी सुनाउने प्रियसी मैले सुन्नै छाडी लेख्न थालिदिएँ । मधुर मुस्कानले सारा लठ्ठ्याउने प्रियसी मैले मुस्कान मनपराउनै छाडिदिएँ । टाढिन समयको बाहाना बनाउने प्रियसी मैले प्रतिक्षा गर्नै छाडिदिएँ । भावनाको खेलनै खेल्ने प्रियसी मैले भावना उत्पादन गर्नै छाडिदिएँ । प्रेमलाइ मजाक बनाउने प्रियसी मैले प्रेमलाई अकालै मारिदिएँ । चाहनाले बिछिप्त, जीवनको कुनै मोडमा सायद म तिमीलाई भेटिन्छु होला, बिन्ती छ दया देखाउँन हात नसमाइदिनु फेरि साथको अपेक्षाले यो जीबन कुत्कुत्याइदेला ।। खालीपनले भरपुर, आखाँका दुई नानी कुनै सडक, कुनै ठाउँमा जुध्छन् होला, बिन्ती छ हेराइ एकोहोरो नबनाइदिनु  फेरि सुकेको आसुको यादमा यी आँखा रसाइदेला ।। कल्पनामा उडेका, तिम्रा सपनाहरु तिनमा कुनै दिन ठाँउ माग्दै म आउला, मलाई सपनाबाटै तिमीले मेटाइदिनु फेरि अस्तित्वनै नरहेको मान्छेले ऐठन पारिदेला ।। यादलाई भुलेका, तिम्रा चाहनाहरु तिनमा कुनै दिन, माया माग्दै म आउला, तिमी त्यै पल मेरो घाँटी न

ह्याप्पी भेटघाट एनिभर्सरी

Photo by : Giftpundits.com from pexels आज ठ्याक्कै एक बर्ष भएछ, पहिलो नजरमा माया बसेको । साथीको घर, पाहुना कोठा, म सोफामा बसेर चुनाबको गफ लगाउँदै थिए, तिमी ओछ्यानमा पल्टेर मोबाइल चलाउँदै थियौ, थोरै डन्डीफोर आएको मुहार, मुस्काउँदा मज्जाले देखिने दाँत , छोडेको कपाल , म गफ गर्दै, सबैको आँखाबाट बच्दै तिमीलाई हेर्दै थिए । मलाई बोलौझै लागिरहेको थियो तिमीसँग तर सकिरहेको थिइन । सकौ पनि कसरी सबैको अगाडि, त्यो पनि तिम्रा आफन्त । मलाई कोही केटी देख्दा यस्तो पनि हुन्छ भन्ने थाहै थिएन । हिजै जस्तो लाग्छ मैले घर आएर तिम्रो यादमा कविता लेखेको तर एक बर्ष भैसकेछ । मलाई मज्जाले याद छ घर आउँने बित्तीकै साथीको फेसबुक प्रोफाइल खोलेर उसको फ्रेन्डलिस्टमा तिम्रो मुहार खोजेको तर भेटे पछि पनि रिक्वेस्ट पठाउँन आँट नआएको , आजै देखेको रिक्वेस्ट पठाएछ कस्तो केटो रहेछ भन्छौ भन्ने डरले रात काटेको । भोली पल्टचै मन थामिएन औलाले पनि धैर्य त्यागे अनि सुरु भयो प्रेमको नौलो अनुभव जो सँग म परिचीत थिइन । आज ठ्याक्कै एक बर्ष भएछ मैले तिमीलाई मनपराएको , तिमीले मलाई मनपराएको । गाडीको झ्यालमा म टोलाइरहेको छु , तराईको