Photo : Amir Shrestha @nepal8thwonder वैशाख २३, २०७९ , बिहान ८ बजे ( भुलभुले , सोलुखुम्बु ) लालीगुराँसको दुनिया भुलभुलेमा आज बिहानै देखि झरी परिरहेको छ । म सुतेको ओछ्यान माथि पानीले एकोहोरो संगीत बर्साइरहेको छ । पानी नपरेको भए यतिबेला म पिके बेस क्याम्प तिर हिँड्दै हुन्थे तर पानीले त्यसो हुन देला जस्तो छैन । यो यात्रामा मलाई नियमित डायरी लेख्न मन थियो । पहिलो दिन गाडीमा ओखलढुङ्गा पुगेर लेख्न सुरु गर्नु पर्ला सोचेको थिएँ । दिन भरि गाडीमा हिँडेकाले ओखलढुङ्गा पुग्न लाग्दा गाडी लाग्यो । ड्राइभर दाजुलाई एक छिन साइड लगाउन भनेर मैले बाटो छेउको कुलोमा दुई पाउ जति छादे । अलिकति सञ्चो त भयो तर ओखलढुङ्गा पुगेर कलम समाउन जगर आएन । रासन ओकलेर फुर्सद नभाको शरीरले किन हो कोनि शब्द ओकल्न मानेन । राती ओखलढुङ्गा पुग्दा पार्टीका झंडा बोकेर युवा र बुढा बुढी बाटोमा हिडिरहेका थिए । चुनाव आउँदा नेपालको माहोल सधैं यस्तै हुने गर्दछ । देशको मुहार फेर्छु भनेर हिड्ने ति जस्तै मानिस केही समय पछि देशभर मुहार लुकाउँदै हिँडेको देखिन्छन् । देशको यो चलन बाट म अपरिचित छैन । मलाई त उसै पेट निमोठेर सकस भइरहेको थियो राज
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.