Skip to main content

Posts

Showing posts from October, 2022

उदेश्यहिन यात्रीहरु

अहिलेको जस्तो स्थिति आइ लाग्दा लेख्ने चेतना सिर्जना गरेकामा मलाई असाध्यै खेद लाग्छ । एकछिन अघि सम्म म स्वर्ग लोकमा सुन्दर परीहरुसँग रमाइरेहको थिएँ । सोफामा पल्टेर परीहरुले हल्लाइरहेको हाते पंखाको हावा खाइरहेको थिएँ । त्यतीकैमा यो बिजय लुईटेल भन्ने एउटा ठिटोले “ भगवान लौ न एउटा सानो प्रेम कथा लेखुँ जस्तो लागेको छ तपाईले यो कथाको सुत्रधार बनिदिनु पर्यो “ भनेर मलाई यता बोलायो । हावा कुरा नगर् । अरु जो कोहीलाई सुत्रधार बनाए पनि भइगयो नि भनेर त्यसलाई मैले निकै टार्न खोजेँ । अहँ ! तर भगवान त सबै तिर हुन्छन् भन्ने सुनेको हुँ, मेरो कथाको सुत्रधार बन्दा के जान्छ तपाईको भनेर मलाई मनाएरै छाड्यो ।  साँचो कुरा भन्दा यो बिजय लुईटेल भन्ने मानिसलाई मेरो अस्तित्व माथीनै संका छ जस्तो लाग्छ कहिलेकाँही । यसले बिना मतलब आफ्नो स्वार्थको लागि मलाई प्रयोग गरिरह्न्छ । प्रयोग पनि के भन्नु यसको चेतना मलाई प्रश्न गरिरहन्छ । मलाई म छु भन्नका लागि भए पनि यसका कुरा मान्नु पर्ने आपत आइलागेको छ ।  “धुम्म बादल लागेको आकाशबाट भगवान जमिन तिर चियाउँछन् “  ए ! पख् न हौ एकछिन मैले मेरो परिचय दिँदै थिएँ ।  भगवान हेर म तिम्रो

जादुमय खप्तड

  Photo : Amir Shrestha @nepal8thwonder २०७७ साल, चैत्र महिनाको एक बिहान खप्तडका सयौँ पाटन , त्रिवेणी मन्दिर , सहस्रलिङ्ग र बाबा आश्रम, सबै एकैसाथ हिउँले सेताम्मे भए । त्यो मेरो जीवनको पहिलो हिउँ अनुभव थियो । आँखा अगाडि नेपथ्य ब्यान्डको , आकाशबाट के उडी आयो भेडाको ऊन जस्तो नामको गीत खसिरहेको थियो । प्रकृतिले पनि गीत गाउँछ भन्ने कुरा मैले त्यही दिन थाहा पाएको थिएँ । यस समय, २०७९ सालको बर्खाका दिन काटी रहँदा पनि म त्यो पल उत्तिकै स्प्रस्ट सम्झन सक्छु । भाग्यलेनै भनौ २०७७ साल र २०७९ सालको अन्तरालमा मैले दुई पल्ट खप्तड भ्रमण गर्ने मौका पाएँ । एकपल्ट २०७७ साल चैत्रमा र अर्को २०७९ साल असारमा । म भाग्यमानी छु किनभने मसँग सेताम्मे र हराभरा दुबै खप्तडको मिठा अनुभव छन् । मेरो पहिलो खप्तड यात्रा, अघिल्लो जागिरबाट बचाएको केही हजार रुपैयाको सहयोगमा जीवनको नीरस नियमिततालाई भत्काउन सकिन्छ कि भनेर गरिएको एउटा प्रयास थियो । दोस्रो पल्ट खप्तड जाँदा म ट्राभल राइटर भइ सकेको थिएँ । मेरो कलम माथि देशका धेरै भन्दा धेरै मानिस सम्म खप्तडलाई पुर्याउने जिम्मेवारी थियो । जिम्मेवारीले थिचिँदा पछिल्लो पटक मैले खप्त