Skip to main content

Posts

Showing posts from October, 2020

पाउजुको सम्मोहन

Photo : Pixabay झरी परिरहेको छ , आँखा बन्द गरेर एक निमेष शुन्यता अङ्गाल्छु । एउटा बेग्लै शान्ति छ झरीमा । आँखा चिम्लन साथै देख्छु कोही आफ्ना सुन्दर गोडामा लगाएको पाउजु बजाउँदै पानीमा नाँचीहरेछ । यो शान्ति कति प्रिय छ । कतै टाढा, पर कुनै गाउँमा रूखबाट झर्दै गरेको पातको आवाज सुन्छु । कतै टाडा पृथ्वीको कुनै कुनामा कोही संगीतकारले रच्दै गरेको गीतको पहिलो धुन सुन्छु । मलाई आभाष हुन्छ उदाउँदै गरेको सुर्यले मेरो चिम्लिएको आँखामा रातो रंग पोतेको , आँखा चिम्लेरै म यो महशुस गर्न सक्छु । म देख्छु चित्रकारले पहिलो पल्ट ब्रस चोप्दा पानीमा फैलिएको सुन्दर रंग , चित्रकारले क्यानभासमा कोर्न लागेको चित्र पनि कल्पना गर्न सक्छु । फुलै फुलको बगैचामा रसपान गर्दै गरेको माहुरीको भुन भुन पनि म सुन्न सक्छु । म बिर्सन्छु कि झरी परिरहेको छ ।  त्यही पाउजुको छनछन छ जसले मलाई बारम्बार सम्झाइरहन्छ कि झरी परिरहेको छ । पानीको आवाज सँगै कोही पानीमा पाउजु बजाउँदै नाँचिरहेको म स्प्रस्ट देख्न सक्छु । म सुन्न सक्छु एउटा मिठो हाँसो जो मेरो कानको बाटो हुँदै मेरो दिमाग बिथोलिरहेछ । मेरो आँखा अझै बन्द छन् तैपनि मेरो मुहारको मां

दरबार स्कवायरमा

परेवाको   गुड   गुड   सुनिरहेछ घण्टीको   टिङ   टिङ   सुनिरहेछ अनि  मानिसहरुको   गनगन   सुनिरहेछ   आवाजको   यस्तो   कोलाहलमा   ऊ आफ्ना   एक   जोर   आँखा   बन्द   गरेर प्रत्येक   आवाज   छानि   छानि   सुनिरहेछ ...   म   सोच्छु  ... एक्लै हुँदा एक्लो हुनु र भीडमा एक्लो हुनु के समान छन् उसका लागि ? यदि समान नभए कसरी छ उसको मुहारको दिप्ती त्यो ?   थाहा छैन आज किन म उसमा मेरा उत्तर खोज्दैछू मलाई एक्लै एक्लो हुनु र भिडमा एक्लो हुनु किन फरक लाग्दछन् ? यदि ती समान छन् भने किन लाग्दैनन् मलाई समान ती ?   म यँही छु  .. केही   पर   बसी ,  उसलाई   हेरिरहेछु उसले   सुनेका   सबै   कुरा   देखिरहेछु उसले   आवाजमा   आफैलाई   खोजे   जस्तै म   पनि सायद   दृश्यमा   आ फैलाई खोजिरहेछु या भनौ एक्लोपनको एउटा स्थिर परिभाषा खोजिरहेछु ... - बिजय लुईटेल