Skip to main content

Posts

Showing posts from September, 2020

आयु दिनेले खोस्न पनि सक्छ

Photo by  Drigo Diniz  from  Pexels एकाएक आज आकाश धमिलो देखेँ, उमेर ढल्किएझैँ लाग्यो । झ्यालबाट बाहिर हेरेँ सधै हिड्ने बाटो लामो देखेँ, नहिँडी खुट्टा गलेझै लाग्यो त्यसैले उमेर ढल्किएझै लाग्यो । डराउँदै मुहारमा हात चलाएँ, मौन भएँ । खै किन आज एकाएक आफु बुढो भएझै लाग्यो । आफ्नै उमेर थाहा थिएन जब हेर्न थालेको थिएँ मेरो अगाडि राखेको यो सानो खान्दानी ऐना । तर आज केही समय बितेर जाँदा, थाहै नदिइ भागेको छ मबाट ऐना हेर्ने आँट र जागर एकैसाथ । किन यस्तो हुन्छ मान्छेलाई ? मनमा कतै अझै म जवान छु झैँ लाग्छ अनि उठेर हेरिदिउँ जस्तो लाग्छ त्यो सानो ऐना, तर आँट कता गएर लुकेको छ थाहा छैन, अचेल मेरो छेउ पर्न छोडेको छ । सायद उमेर पुगेका मान्छे, मान्छेलाई मात्र नभएर भावनालाई पनि पुग्ने गर्छन, या उमेर पुगेकालाई त्यस्तो लाग्ने गर्छ । मलाई अब पटक्कै ऐना हेर्न मन छैन , हेरूँ पनि त के हे हेरूँ ? त्यो ऐना अब ऐना मात्र नरहेर भित्तामा सजिने पेन्टिङझैँ बनेको छ । पेन्टिङमा दुब्दै गरेको नाउँ केरिएको छ , बलेर सकिन लागेको मुढो कोरिएको छ, निभ्दै गरेको दियो कोरिएको छ अनि केरिएको छ अस्ताउँदै गरेको सुर्य पनि । मलाई अस्तित्व

लासहरूको जुलुस

Photo By : Yogendra Bhujel मान्छेको भीड भित्र थिएँ कुटिदै थिएँ , मारिदै थिएँ थोरै होस अझै बाँकी थियो  त्यो पनि हराओस् भन्दै थिएँ भीडको बीच मुर्छा पर्दा  अचानक मैले थाहा पाएँ  भीडको बुद्धि हुँदैन  भावनाले उसलाई छुँदै छुदैन कोही मर्दा ऊ रूँदै रूँदैन होसमा जब आएँ , भग्वान खोजेँ दुई वाक्य सरापी भारी मनले सोधेँ भग्वान , के देखेँ आज मैले ? भग्वान भावुक भएर भने आज हामी दुईले  लासहरूको जुलुस देख्यौ ।  - बिजय लुईटेल