Skip to main content

Posts

Showing posts from August, 2020

कठै ! एक्काइसौँ शताब्दीको महान् मानिस

Photo by  Bimal Ranabhat  from  Pexels     एउटा अचम्मको मानिस छ , ठीकठाक जस्तो पनि छ । बौलाएको जस्तो पनि छ , होसमै भएजस्तो पनि छ । उसँग आफ्ना बिचार छन् , सबैभन्दा उच्च स्तरको बिचार ( यस्तो ऊ आँफै मान्छ ) । अरूले मानुन् या नमानुन् उसलाई यसको केही सरोकार छैन । यति भनेपछि बुझिन्छ ऊ धमण्डी छ । प्रेमको मामलामा स्वार्थी पनि छ । उसलाई प्रेम चाहिन्छ र हुँदा पनि छटपटाउँछ । उसले लिन जानेको छ दिन जानेको छैन ।  एक्काइसौँ शताब्दीको महान् मानिस ( ऊ आँफुलाई यस्तै ठाँन्छ , नत्र यो कुरा अरू कसले मान्छ ? ) हार्न पनि जानेको छैन र हराउँन पनि । अरूलाई हराएको अन्धविश्वास पाल्छ र साँझ घर फर्केपछि आँफैसँग हार्छ । आँफैलाई हराउन भने मज्जाले जानेको छ । उसका गोडा जमीनमा छैनन् । आफुलाई उसले पन्छी ठान्छ , अरूलाई कुवाको भ्यागुत्तो । उसको शरीरबाट नमिठो गन्ध आउँछ , एकदमै अमिलो गन्ध त्यसैले अरू उसको अगाडि आउँदा नाक थुन्छन् र ऊ पनि त्यसै गर्छ । उसको छेउमा बसेर सास फेर्नु , केवल सास तान्नु र फ्याँक्नु मात्र हुन्छ । बाँचेको आभास अरूलाई दिन उसले जानेको छैन , चाहेकै छैन । बिचरापनको केही झलक उसमा देखिन्छ तर कसैले उसलाई बिचरा

कागजको आत्मकथा

Photo by: Pixabay      एउटा बडेमानको कोठा छ, कोठामा दुईटा ठूला झ्याल छन् । सिलीङमा एउटा कलेजी रंगको पंखा फनफनी घुमिरहेको छ । पंखाको ठ्याक्कै मुनि एउटा घुम्ने कुर्सीमा लेखक हातमा कलम लिएर केही सोचिरहेको छ । सायद लेखकै होला । जो लेख्छ त्यो लेखकै त होला नि ।       लेखकको टेबल पछाडि भित्तैभरीको एउटा ठूलो बुक र्याक छ । बुक र्याकको आधा भन्दा बढी भाग किताबले भरिएको छ र कोठामा किताबको मिठो बासना फैलिएको छ । लेखक बसेको कुर्सीसँगै एउटा ठूलो टेबल छ । टेबलको ठीक दाहिने छेउमा एउटा ठूलो डस्टबीन छ । डस्टबीनमा केही थान च्यातिएका किताबहरू छन् । ती किताब हेर्दा कसैले त्यस्लाई चबाएर थुकेझै लाग्छ ।       लेखकको टेबलमा एउटा हरियो रंगको पेपरवेट छ , पेपरवेटको छेउमा एउटा कालो रंगको आवर ग्लास छ , अनि त्यसकै छेउमा एउटा पेनस्ट्यान्ड छ , जसमा केही थान कलम सजिएका छन् । आवरग्लासकै छेउ, टेबलको मध्य भागमा म लम्पसार परिरहेको छु । अनि म माथी केही लेख्नलाई लेखक सोचम्ग्न छ । म पंखाको हावाले मन्द मन्द हल्लिरहेको छु । मेरो शरीरमा म नउडोस भनेर देब्रे हात राखेर लेखक सोचिरहेको छ । म एउटा खाली सादा कागज लेखकको मुहारमा हेरेर सो