Skip to main content

Posts

Showing posts from May, 2020

बतास मेरो साथी

Photo: pixabay बतास बेग्लै तवरले बगेको थियो । मैले थाहा पाएँ बतास बतास नभएर एउटा भावना हो ,बतास खुसी हो, बतास हाँसो हो । त्यती मात्रै नभएर बतास एउटा गाडी हो जो सम्झना रहर सपना अनि यस्तौ अमूर्त भावनाको चिठ्ठी बोकेर ओहोरदोहोर गर्छ । भक्तपुरको एउटा डाँडाको घरको झ्यालमा चिउँडो अड्याएर फुर्सद मासीरहेको मलाई त्यतीबेला एकाएक बतासले बोलायो, अनि मैले बतासँग बोल्न सिकेँ । बोल्नेको पिठो बिक्छ भन्ने सुनेको मैले बतास सँग बोलेर मेरो उदासी बेचेँ । मैले सोचेको थिइन बतासले मलाई आफूसँग घुम्ने निम्तो दिन्छ अनि म उसको लहैलहैमा लागेर घुम्न निस्कनेछु । तर अब निम्तो दियो त दियो भनेर म बताससँगै बतासिएँ । झ्यालबाट एउटा मान्छे ठ्याक्कै त्यहीबेला हरायो ।  बताससँगै बग्दै थाहा छैन म कुन ठाँउ पुगेँ । कुनै डाँडा थियो , निभ्न लागेको रातो सुर्य बादलको सेतो गल्बन्दी बाँधेर मलाई हेर्दै थियो । पिपलको पातले गाएको गीत सुन्दै म त्यही पिपलको पाउमा बनेको चौतारीमा बसिरहेको थिएँ । निलो आकाशले चौतारीलाई छाता ओढाएको थियो, एउटा बिशाल निलो छाता । ठाँउ नचिनेर बतासलाई सोधेँ , कहाँ ल्यायौ तिमीले मलाई ? बतास कुदेर अलि पर गयो अनि एउटा ख

नेपालीको औंला पसल

Photo by: Kaique Rocha/ Pexels बजार जान मलाई औधी मनपर्छ , सामान किन्न म प्रायजसो आँफै जाने गर्छु । हिजोको कुरा हो, केही तरकारी र  दुई जोर मोजा किन्नु पर्यो भनेर बजार तिर निक्लेको थिएँ । हातमा सामान बोक्ने झोला , खुट्टामा  फित्तावाल हात्तीछाप चप्पल लगाएर बजार जाने बाटोमा फटाफट हिँडीरहेको थिएँ । जाँदै गर्दा देखेँ एउटा मेरै उमेरको केटो बाटो छेउमा बसेर रोइरहेको थियो ।  केही बेर उसको छेउमा उभिएर हेरेँ , उसले मलाई देख्यो तैपनि रून छोडेन । यसो सोचेँ कस्तो अचम्मको केटो रहेछ , यत्रो भएर पनि रून लाज नलागेको । एक मन सोचेँ आाा रूदै गरोस मलाई केको टाउको दुखाइ । यस्तै सोचेर त्यो केटोलाई रोएकै छोडेर जान लागेको थिएँ अचानक मेरो दिमागले मलाई प्रश्न सोध्यो , मान्छे कुन बेला रून लजाउँदैन ? मनले एकाएक उत्तर दियो, जब लाज भन्दा पीडा ठूलो हुन्छ । मेरो मानवताले उसलाइ त्यसरी छोडेर जान दिएन , त्यसपछि उसको छेउमा गएर बसेँ , केही बेर एक शब्द पनि बोलिन, बिस्तारै उसले रून कम गर्यो । मान्छेको जात पनि अचम्मको छ , पीडा भएको बेला केही नबोले पनि छेउमा उभीदिने मान्छे भयो भने पनि उसलाई धेरै हिम्मत मिल्छ । रून कम भएपछि मैले