Skip to main content

Posts

Showing posts from March, 2020

फेसबुक

छिर्छ कोही एउटा साघुरो कोठा. तस्बिरहरुको भिड भित्र. मुस्कानहरुको कथा बीच , कसैको कथा छुनलाई कसैको कथा हुनलाई ।। आँखा सबै हेर्दछन् उसलाई प्यासी मौनता साथ, या ऊ हेर्दछ तिनलाई माया अगाध लिनलाई ।। काला अक्षर बताउँछन् कथा. दमित यथार्थका गाथा. दुःखी घमन्डका साथ. फैलाई आफ्ना हात ।। आंशिक जीवनको सँगालो उसको पुर्ण जीवन तान्छ. अदृश्य जाल हान्छ.  समयको सितन खान्छ ।। अक्षरबीच संवाद बोल्छन् प्रेमका खण्ड बोकी, माया बनेर किस्ताबन्दी आउँछ मुटु छुनलाई गुटुमुटु हुनलाई ।। अक्षरमै अभ्यस्त जीवन बोकी अक्षर औलामा, भावनालाई पछि छोडी  अक्षरहरुमै बाँच्दछ यथार्थलाई पर सार्दछ ।। देखेर पनि नदेखेको, छोएर पनि नछोएको,  बुझेर पनि नबुझेको, झुठा जीवनका चित्रलाई मगज यर्थार्थ मान्दछ, तर के उसले जान्दछ ?  जस्ले...  नभएको संसार हराउँदा आँसुको भल बगाउँछ  उसैको छेउको सिरानीमा हर रात सुत्ने बेला भएन... ? भन्दै  एउटा जिउँदो यथार्थ चल्मलाउँछ ।। - बिजय लुईटेल

म त्यस्तो केटी हैन ।

Photo by : Andrea Piacquadio from Pexels रात, समयको साच्चै अनौठो प्रहर हो । धेरै थोक लिएर आउँछ रातले , कोही बेला चाहना लिएर आउँछ , कोही बेला सपना, कोही बेला सम्झना , कोही बेला एक्लोपन अनि कोही बेला शुन्यता पनि । मेरो लागि भनेर रात आजसम्म कहिल्यै एक्लै आएको छैन , केही न केही उसको साथ जरूर हुन्छ । दिनभर साथीभाइसँग घुमेर फर्कदा रात एक्लोपनको यर्थााथ लिएर पर्खीरहन्छ , दिनभर एक्लै बसेको दिन रातले साथीभाइको सम्झना लिएर आउँछ । रात एक हिसाबले मेरो पर्सनल असिस्टेन्ट जस्तो छ जसले दिनमा मैले बिर्सीएका कुरा मलाई बिस्तारमा, बिस्तरामा बताउँछ । एक रात त रातले अचम्मै गर्यो , सधै निर्जीव भावना र सम्झना मात्र बोक्ने रात एउटा सजिव आकृति बोकेर मेरो सामु उभियो ।   जुनेली रात थियो , आधा जुनको । म जुनलाई हेरिरहेको थिएँ , जुन एउटा डाँडाभन्दा थोरै माथि आकाशमा झुन्डिएर मलाई हेरिरहेको थियो । त्यो डाँडाको ठ्याक्कै तलबाट एउटा खोलो बगिरहेको थियो , सुनकोसी खोलो , म सुकुटे विच रिसोर्टमा थिएँ । अनि म त्यही खोलोको किनारमा एउटा विच चेयरमा ढल्केर बियर पिउँदै थिएँ , टुबोर्ग बियर । छेउमा देब्रेपट्टि, एउटा मेरो ज

कोरोना र फुर्सद

Photo by:  Miguel Á. Padriñán from Pexels अचेल आँफैलाई सोधिरहेको छु , यो भन्दा पहिले मलाई यस्तो फुर्सद कहिले भएको थियो ? धेरै बेर सम्झेपछि एस..एल.सी परिक्षा सकेर घर बसेको समय आयो दिमागमा । घर बस्थे फिल्म हेर्थे , भन्ने नै हो भने केही नगरी दिन बित्थ्यो, एकदमै फुर्सदिलो थिएँ त्यसबेला । अहिले पनि छु, तर त्यसबेलाको भन्दा केही भिन्न छ यो फुर्सद । म मात्र हैन यो समय सबै फुर्सदिलै छन् । कोरोना भाइरसले एउटा ब्यस्तता मुक्ती आन्दोलन थालेको छ अनि सबैलाई फुर्सदिलो बनाएको छ । अखबार, फेसबुक अनि टिभीले हरेकपल कोरोनाका कारणले ज्यान गुमाउँनेको संख्या बताइरहेका छन्, संसार भयभीत छ  । नेपाल सरकारले पनि सबैलाई सचेत रहन आग्रह गरिरहेको छ, भीडभाडमा नजानु घरभित्रै बस्नु भनिरहेको छ । त्यस आग्रहकै पालना गरेर आफ्नो र अरूकसैको ज्यान जोगाउँन सक्छु कि भन्दै ओछ्यानमा पल्टेर अमृता प्रितमको रसीदी टिकट पढिरहेको थिएँ । किताब एकदमै रोचक र मर्मस्पशी भएकाले  बिहानै देखि नबिसाई पढिरहेको थिएँ । सायद धेरैबेर पढेर एकोहोरो भएको थिएँ, या पढ्दा पढ्दै कतै हराएको थिएँ ।  एकाएक झ्यालबाट आएको चिसो बतासले किताबको पाना पल्टाइ