Skip to main content

Posts

Showing posts from September, 2019

दशैं

Photo: Bhuwan Maharjan on Flickr बतासमा अचानक आज फुल फुलेछ हतारिएर जीवनको कान खोजेछु सुन्दर छ फुल , ताजा छ फुल अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । बिउ कसले रोप्यो ? गोड्यो कसले ? मलजल कसले गर्यो ? सजायो कसले ? थाहैनदिइ फुलेको जो फुल छ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । सुन साथी, हेर साथी, माथी गगनमा तिमीलाइ म फुल देखाउँछु , ध्यानले हेर अचम्मै, रहरलाग्दो फुलेछ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । जसले देख्यो त्यसको हुने हैन हेर यो हाम्रो साझा हो हाम्रा पुर्खाको आशिष छ त्यहाँ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । पुर्खाले टिपे, बाउले टिपे, तिमी टिप सिउँरिदेउ अब त कानमा अक्षताको रातो रङ्ग छ त्यहाँ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । बिर्सीएको सम्झ, सम्झिएको बिर्स रहरको शीतले भिजाउँ सुर्यसँगै उदाएको जो फुल छ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । तिमी थियौ, म थिएँ, यसैलाई पर्खिएको अब त पर्खाइ, खुसी छ मामाको कोसेलीझै नबिर्सी फुलेछ अब त सजाउँनै पर्छ, अब त रमाउँनै पर्छ । हतार गर, हतार गर्छु , नओइलाई टि

मेरो कोठामा एउटा गितार छ ।

Photo by: CloudyPixel on Unsplash मेरो कोठामा एउटा गितार छ जो केही साल यता बिमार छ । दुर्भाग्य, ऊ त्यसै सुस्ताइरहेछ धुलोले छोपिएर निस्ताइरहेछ । रूपमा उसका, सम्झना टाँसिएका छन् म सँग कहीकतै गाँसिएका । देख्छु उसले एक्लोपन भोगेको छुवाइ बिना आँफै बज्न खोजेको । मनमा उसका असङख्य धुन छन् लाग्छ अचेल ति मनैमन रून्छन् । थोरै फरक आजको रात छ खोजेको उसले केबल हात छ । त्यही कोठामा एकजोर हात छ जो किताब कापीको साथ छ । कलम छ त्यहाँ पानामा छुवाएको आफैले आफैलाई अक्षरमा रूवाएको । औला हातका, थर्रथरी काँपीरहेका भावनाका लम्वाई अक्षरमा नाँपीरहेका । रातको साच्चै अनौठो पहर छ शुन्यतालाई संगीत सुन्ने रहर छ । गितारले हात खोजेको छ हातले साथ खोजेको छ त्यसैले धुनबिहिन जीवनले गितारलाई मित रोजेको छ ।। - बिजय लुईटेल