Skip to main content

Posts

Showing posts from July, 2019

एयर होस्टेस

Photo by: Daniel Frese from Pexels बादलभित्र कतै, तिमी सधै हिड्ने आकाशमा थाहा छैन कुन संयोगले देखेथेँ तिमीलाई । लागेथ्यो बादल माथि परीनै बस्छन् अन्जान अन्जानमै जादूटोना गर्छन ।। तिमीले खैकिन मैमाथि जादू गर्यौ  होसहवास तिम्रो काबु गर्यौ । मेरो चेतनालाई मैबाट चोरेर मन पनि तिम्रै नाम गर्यौ ।। आँखा पनि तिम्रै नाम गरेर  जब यात्राभर तिमीलाई हेरेँ । कपासे बादलमा सबैे शान्ति खोज्थे मैले त्यो, तिम्रो आँखामा भेटेँ ।। थाहा छ, चाल त पाकी हौ तिमीलाई कसैले हेर्दैछ भनी , तिम्रै बारेमा कोही सोच्दैछ भनी, एउटा केटो मायामा फस्दैछ भनी ।। तर चाल पायौ पाएनौ  मैले हाम्रा लागि देखेको सपना अझै, तिमी सधै हिड्ने आकाशमा तिमीलाईनै खोजिरहेका छन् ।। अनि धर्तीमा फर्की,  म कल्पी रहेछु पुरा नहुने एउटा सपना देखिरहेछु हाम्रा सपना  आकाशमा भेटेर ल्याउँछाै भनी हरपल तिमीलाईनै सम्झिरहेछु ।। - बिजय लुईटेल

सुरेन्द्र खरीदार भयो

सूर्य अस्ताउने बेला भएको थियो, आकाशमा हल्का रातो रङ्ग छरिएको थियो । घर बस्दा बस्दा वाक्क लागेर यसो बेलुकाको हावा खान निस्केको थिएँ । म अर्थात सुरेन्द्र निरौला , यहाँ सानोठिमी ब्यारेक छेउमा डेरा बस्छु । घरचाँही बिर्तामोड हो । बी बी ए सकेर काठमान्डौँमा जागिर खोजिरहेको छु । मेरो बारेमा अहिलेलाई यती जाने पुग्छ जान्नु पर्ने कुरा म बिस्तारै सुनाउँदै जानेछु , ध्यान दिएर सुन्नुहोला । अँ वाक्क लागेर निस्किएको थिएँ हावा खानलाई । ब्यारेकको कम्पाउन्ड हुँदै एउटा बाटो क्यानको अफिस सम्म जान्छ , त्यो बाटो हिड्दा देब्रे तिर पात बजाइरहेका रूख देखिन्छन् अनि दाइने तिर मध्यपुरको खेल मैदान देखिन्छ । साँच्चै कुनै फिल्ममा कैद गर्ने दृश्य जस्तो देखिन्छ ब्यारेक हरेक साँझ । त्यो साझ पनि केही फरक थिएन । बिस्तारै शितल हावा खादै हिडिरहेको थिएँ, मन बिसन्चो मानिरहेको थियो , घरबाट टाढा बसेको बेला मन बिसन्चो भइदियो भने , जीवननै अमिलो लाग्दो रहेछ । मलाई त्यस्तै भइरहेको थियो , बेचैन मन लिएर सिभिल एभिएसनको अफिस अगाडिको चौतारी पुगेको थिएँ । पिपलको पात बजेको आवाजले मलाई सधै शान्ति मिल्थ्यो । चौतारी पुग्दा दुईटा दस एघा

लेखक

लेखक शब्द खोजीरहेछ  शब्द अर्थ खोजीरहेछ, यस्तै खोजको चक्करमा  जीवनको भोग चढिरहेछ ।  लेख्ने कहिले भएछु भन्दै लेखक मन कोट्याइरहेछ, कोट्याउँदा चस्कने मननै कलमको मसी बनिरहेछ । आँखा चिम्लन्छ अक्षर नाँच्छ आँखा खोल्छ अक्षरै नाँच्छ,  सही बाटोनै हिड्दैछु भनी लेखक मनैमन रोदीघर धाइरहेछ । कागजका टुक्रामा अक्षर कुँद्दै लेखक कल्पनामा उडीरहेछ, म पनि सँगै उड्दैछु भनी लेखक निर्जीव लट्टाइ बनिरहेछ । खोज्दा खोज्दै शब्दमाला  खटपटीमा यसै उँगिरहेछ, होसैमा त छु नि भन्दै लेखक पलपल बेहोस भइरहेछ । लेखक सम्झिरहेछ, लेखक कल्पिरहेछ हरेक पल, हरेक काल तड्पिरहेछ, संसार घुम्छ मेरो कल्पना भनी एउटा नाथे कागजमा अल्झिरहेछ । - बिजय लुईटेल