आफैैँमा डुब्नु छ । Rara Lake Poem

 


छाल यसरी फैलन्छ मानौं आकाश भइदिन्छ 
म यसरी बिख्रन्छु आफैँ नभई हराई  दिन्छु 

एक थोपा आशा 
हलचल गराइदिन्छ स्वप्न 
एक मिठो बतास 
अन्तस्करण भिजाइदिन्छ 

म लजाउँछु भावनाको उन्माद देखी
अस्तित्वलाई स्वीकार्न डराउँछु 
बतासिन्छु विचारका बहावमा 
जीवनलाई सतही स्वीकार्दछु 

यो ताल जो यति सुन्दर छ 
के यो पनि  डराउँछ आफैसँग ? 
कि छाल देखेर, आफैँसँग लजाउँछ ? 

म देख्दछु 
विचलित भएर पनि अविचलित
एक सूक्ष्म अनुभूति छ 
यो चञ्चलतामा ...

जीवनका अर्थ जहाँ आह्लादित छन् 

तालझैँ मैले पनि अब 
आफैमा डुब्न सिक्नु छ ...

-विजय लुइटेल

Comments

Post a Comment