Skip to main content

Posts

Showing posts from September, 2022

एक साँझ फेरि , बोकेर आउ उदासी

  एक साँझ फेरि , बोकेर आउ उदासी   म आफ्ना लुकाइ , सुनिदिन्छु तिम्रा सबै एक साँझ फेरि , बोकेर आउ रित्तोपनलाई   म आफ्ना लुकाइ , भरिदिन्छु तिम्रा सबै   कसेर अंगाल चोटहरु , मेटाइदेउ तिर्सनालाई आँसुले धोएर आँखा , पखालिदेउ सपनालाई   म तिमीलाई बाँच्ने लाखौँ बाहाना दिनेछु   खरानी लिइ सम्झनाको आउ तिमी बिसर्जनलाई   पुरानो ‌‍‍ औँठीको डोबझैँ मेटिन्नन् लामो समय   मनमा पोतिएका चाहानाका पुराना रँगहरु   पुराना त्यस्तै रंग बोकेर आउ मसम्म तिमी   प्रशस्त कल्पना दिन्छु नयाँ चित्र कोर्नलाई   एक साँझ फेरि , बोकेर आउ उदासी   म आफ्ना लुकाइ , सुनिदिन्छु तिम्रा सबै एक साँझ फेरि , बोकेर आउ रित्तोपनलाई   म आफ्ना लुकाइ , भरिदिन्छु तिम्रा सबै   - बिजय लुईटेल

अपहरण गरेका छन् मोबाइलले आँखाहरु

  अपहरण गरेका छन् मोबाइलले आँखाहरु  आँखामा आउने सपना पनि हरेका छन् बाका आँखा राजनितिको समाचारमा डुबे आमाका आँखा टिकटकले समाएका छन्  दाजु भाउजु, मामा माइजु, काका काकी  आँखा हराएकाले आँफै हराएका छन्  हेर्छु जसै ती जीवन हराएका आँखालाई  जीवन खोज्ने चाहना जागेर आउँछ कहाँ होला त्यो संसार ? जहाँ आँखाहरु अरुभित्र नभइ आफु भित्र हेर्छन्  जहाँ आँखाहरु यथार्थ र भ्रमको फरक चिन्छन्  कहाँ होला त्यो संसार ? जहाँ बाटो देखिन्न भनि आँखा, ननिउरिउँ भन्छन्  जहाँ खुल्ला हुँदा आँखा, चेतना जागा बस्छन् कल्पनानै सहि जब त्यो संसार खोज्न हिँड्छु  संसार मलाई सम्झाँउन थाल्छ  भन्छ, कल्पनाको संसार तेरो, बिगतमै बितेको छ   लास माथि त्यसैको बर्तमान उम्रेको छ संसार देख्न अबकाले न्युरन पर्छ  जब सुन्छु यस्ता कुरा संसारका एकाएक मलाई उल्टो उम्रन रहर जाग्छ  कोपिलाबाट फेरि बिउ भइदिउँ लाग्छ  उल्टो उम्रनु, साँच्चै उम्रनु लाग्छ  न्युरिएकाले होला सायद, म भविष्य देख्न असक्षम छु  न त चाहेरै म बर्तमान देख्न सक्छु  वर्तमान र भविष्य, दुबैलाई अपहरण गरेको छ मोबाइलले  आँखा पनि थाहा नदिइ खोस्दैछ  नमरिकनै मर्छु कि भनि डर लाग्छ अचेल  रातभर त्